फिक्कल: बन्द रहेको फिक्कल गुप्ती नयाँबजार सडक संचालनमा आएको छ । स्थानिय र प्रदेश सरकारको संयुक्त प्रतिनिधी सडकको अनुगमन गरे संगै बैकल्पिक उपाय निकालेर सडक संचालनमा ल्याइएको हो ।
सडकको भित्ता पट्टि ३ मिटर कटिङ गरी एक तर्फी बाटो खुलेको सूर्योदयका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । सडक निर्माणको ठेक्का पाएको खनाल कन्स्ट्रक्सन का प्रमुख डिल्ली खनालले तत्कालका लागि सडक बढाएर संचालनमा ल्याइएको जानकारी दिनु भयो।
अनुगमनका क्रममा कोशी प्रदेश सरकारको सुसासन समितिका सभापति प्रदेश सभा सदस्य खगेश्वरी अधिकारी , कोशी प्रदेश सभाका सदस्य तथा पूर्व पर्यटन मन्त्री खिनु लुङवा लिम्बु , सूर्योदय नगरपालिका नगर प्रमुख रण बहादुर राई , कोशी प्रदेश पूर्वधार विकास मन्त्रालयका डिभिजन प्रमुख जितेन्द्र देव कर्ण , वडा अध्यक्ष देवेन्द्र शर्मा , सरोकार पक्ष लगायतको उपस्थिति रहेको थियो ।हिजो पहिरो झरे पछि सडक अवरुद्ध बनेको थियो ।