जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाई ५ सोयाङका पहिरो पीडितलाई गाउँपालिकाद्धारा राहत वितरण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
माईजोगमाई ५ सोयाङका पहिरो पीडितलाई गाउँपालिकाद्धारा राहत वितरण

फिक्कल: इलामको माईजोगमाई ५ का पहिरो पीडितलाई माईजोगमाई गाउँपालिकाले राहत वितरण गरेको छ । माईजोगमाई ५ सोयाङका पहिरोले घरमा क्षती गरेका तीन परिवारलाई गाउँपालिकाले आज राहत सामग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत लगायतको टोली पीडितका घरमै पुगेर राहत सामग्री वितरण गरेको छ । पहिरोले क्षति गरेका सुकबीर राई , रमेश राई र छिरिङ प्रधानका परिवारलाई चामल, दाल, खाने तेल , साबुन लगायतका अति आवश्यक राहत सामग्री वितरण गरीएको उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । जनप्रतिनिधिले क्षति भएको स्थानको स्थलगत अध्ययन गरेको छ ।
यस्तै माईजोगमाई १ प्रेमेजुङमा समेत पहिरोले क्षति गरेको स्थानको उक्त टोलीले अध्ययन गरेको छ । लगातारको बर्षाका कारण माईजोगमाई गाउँपालिका वडा नम्बर २ शान्तिडाँडामा जमिन चर्किएर नजिकै रहेको खोलाबाट पहिरो जान थालेपछि त्यहाँ रहेका करिब ९ घर जोखिममा परेका छन् । स्थानीय मदन थामी , बलबहादुर थामी र चन्द्र थामीको गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य गंगा बहादुर महत , कमल बहादुर थामी ,लेखनाथ थामी ,दिपक थामी ,विर बहादुर महत, सोम बहादुर थामी लगायतको घर जोखीममा रहेका छन । । गाउँपालिकाले वडा नं. २ का अध्यक्ष डम्बुर सुवेदीले उक्त क्षेत्रको अवस्था बुझेर गाउँपालिकामा जानकारी गराउनु भएको छ । पालिकाले उक्त क्षेत्रका बिस्थापित परिवारलाई समेत राहत वितरण गर्ने जनाएको छ । पालिकाले बन्द भएका सडक संचालनका लागि काम गरीरहेको जनाएको छ । गाउँपालिकाको बिहिबार बसेको बैठकले पहिरो पीडितलाई तत्काल राहत दिने र बन्द भएका सडक संचालनका लागि पहल थाल्ने निर्णय गरेको थियो ।

 

TOP