पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

फिक्कल, पशुपतिनगर र तीन घरे सहितका बजार अनुगमन ,१ लाख ५० हजार बढीको म्याद गुज्रिएको सामग्री बरामद

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
फिक्कल, पशुपतिनगर र तीन घरे सहितका बजार अनुगमन ,१ लाख ५० हजार बढीको म्याद गुज्रिएको सामग्री बरामद

फिक्कल: अखाद्य बस्तुको बिक्री बितरण हुने गरेको गुनासो बढेपछि सूर्योदय नगरपालिकाका बजार अनुगमन गर्दा १ लाख ५ण् हजार बढीको अखाद्य बस्तु बरामद भएको छ ।नगरको मुख्य ब्यपारिक केन्द्र फिक्कल सहित बरबोटे , छिपिटार, पशुपतिनगर, तीनघरे आईतबारे बजार अनुगमन गर्दा १ लाख ५० हजार ८ सय ३० रुपियाँ बढीको अखाद्य बस्तु बरामद भएको हो ।
बजार अनुगमन गर्दा केही थोक पसल र डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएका सामग्री फेला परेको पाइएको छ । बजार अनुगमन समितिका संयोजक नविन ढकालले संचालनमा आएका नयाँ पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेको जानकारी दिनु भयो । उहाका अनुसार पुराना र बिगतका बर्ष अनुगमन गरेर सर्तक गराईएका पसलमा धेरै सुधार आएको छ ।
अनुगमनका क्रममा विभिन्न ब्राण्डका चकलेट, चनाको सातु , कोक, फेन्टा , जुस , कुरकुरे , लभ क्यान्डी , गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट ,ढाकी पापड, पाउरोटी जस्ता खाद्य बस्तु फेला पारी बरामद गरीएको छ । पाँच दिमा नगर क्षेत्रका एक सय बढी पसलको अनुगमन भएको छ । बरामद भएको सामग्री मुचुल्का उठाएर डिस्पोज गर्ने संयोजक ढकालले जानकारी दिनु भयो ।
नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोजकत्वको उपभोक्ता हकहित संरक्षण समितिको मातहतमा बनाइएको बजार अनुगमन समितिले अनुगमन गरेको हो । केहि पसलमा मुल्य सूची नभएको, ब्यवसाय दर्ता नविकरण नभएको पाइएको छ । अनुगमन समितिका संयोजक ढकालले त्यस्ता पसललाई सात दिन भित्रमा दर्ता नविकरण गर्न र मुल्य सूची राख्न निर्देशन दिइएको छ ।

 

TOP