जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल, पशुपतिनगर र तीन घरे सहितका बजार अनुगमन ,१ लाख ५० हजार बढीको म्याद गुज्रिएको सामग्री बरामद

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल, पशुपतिनगर र तीन घरे सहितका बजार अनुगमन ,१ लाख ५० हजार बढीको म्याद गुज्रिएको सामग्री बरामद

फिक्कल: अखाद्य बस्तुको बिक्री बितरण हुने गरेको गुनासो बढेपछि सूर्योदय नगरपालिकाका बजार अनुगमन गर्दा १ लाख ५ण् हजार बढीको अखाद्य बस्तु बरामद भएको छ ।नगरको मुख्य ब्यपारिक केन्द्र फिक्कल सहित बरबोटे , छिपिटार, पशुपतिनगर, तीनघरे आईतबारे बजार अनुगमन गर्दा १ लाख ५० हजार ८ सय ३० रुपियाँ बढीको अखाद्य बस्तु बरामद भएको हो ।
बजार अनुगमन गर्दा केही थोक पसल र डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएका सामग्री फेला परेको पाइएको छ । बजार अनुगमन समितिका संयोजक नविन ढकालले संचालनमा आएका नयाँ पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेको जानकारी दिनु भयो । उहाका अनुसार पुराना र बिगतका बर्ष अनुगमन गरेर सर्तक गराईएका पसलमा धेरै सुधार आएको छ ।
अनुगमनका क्रममा विभिन्न ब्राण्डका चकलेट, चनाको सातु , कोक, फेन्टा , जुस , कुरकुरे , लभ क्यान्डी , गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट ,ढाकी पापड, पाउरोटी जस्ता खाद्य बस्तु फेला पारी बरामद गरीएको छ । पाँच दिमा नगर क्षेत्रका एक सय बढी पसलको अनुगमन भएको छ । बरामद भएको सामग्री मुचुल्का उठाएर डिस्पोज गर्ने संयोजक ढकालले जानकारी दिनु भयो ।
नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोजकत्वको उपभोक्ता हकहित संरक्षण समितिको मातहतमा बनाइएको बजार अनुगमन समितिले अनुगमन गरेको हो । केहि पसलमा मुल्य सूची नभएको, ब्यवसाय दर्ता नविकरण नभएको पाइएको छ । अनुगमन समितिका संयोजक ढकालले त्यस्ता पसललाई सात दिन भित्रमा दर्ता नविकरण गर्न र मुल्य सूची राख्न निर्देशन दिइएको छ ।

 

TOP