जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको देउमाई र माङसेबुङमा पहिरोले ५ घरमा क्षति

  • प्रकाशित मितिः September 23, 2026
  • हाम्रो पालिका
इलामको देउमाई र माङसेबुङमा पहिरोले ५ घरमा क्षति

इलाम:  इलामको देउमाइ नगरपालिका(१ मैदानेको सिमानामा रहेको महाभारा डाँडामा गएको पहिरोका कारण ४ घरका १३ जना विस्थापित भएका छन् । माथिदेखि आएको पहिरोसँगै बगेको लेदो घरभित्र पसेपछि इलाम देउमाइ९१ का पासाङ शेर्पा, फुर्वा शेर्पा, दमु शेर्पा र फुर्तिम्बा शेर्पाको परिवार विस्थापित भएका हुन् । शुक्रबार साँझ ८ बजे महाभारा डाँडा हुँदै देउमाइ तर्फ पहिरो गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईका अनुसार पहिरोका कारण घरहरू लेदोले भरिएका छन् । पहिरोका कारण पासाङका ५ सहित फुर्वा, दमु र फुर्तिम्वाको परिवारका २–२ गरी १३ सदस्य विस्थापित भएका हुन् । उनीहरुलाई राति नै आफन्त कहाँ स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
इलामको माङसेबुङ गाउँपालिकामा अविरल बर्षाको कारण पहिरोले एक घर बगाएको छ ।

माङसेबुङ गाउँपालिका ५, मिक्तोक्लाका सुबास खेसाङ राईको घर पहिरोले बगाएको हो । मानविय क्षति भने भएको छैन । घटनाको सम्बन्धमा बुझ्ने काम भईरहेको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।रातभरी पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको तर तथ्यांक संकलन हुन नसकेको प्रहरीले जनाएको छ ।

TOP