कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

दुबै किड्नी फेल भएकी सूर्योदयकी वालिका आर्थिक अभावमा एक बर्ष देखि छटपटाउदै

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
दुबै किड्नी फेल भएकी सूर्योदयकी वालिका आर्थिक अभावमा एक बर्ष देखि छटपटाउदै

गरिबीको पिढाः

फिक्कल:

टाटीले बारेको घर । माटो झरेर टाटीमात्रै हुन लागेको घरमा ३ छोराछोरी र ६ बर्ष देखि प्यारलाईसिसले थलीएकी श्रीमती । दैनिक जयालादारी गरेर पेटपाल्ने सूर्योदय नगरपालिका १० का टिकाराम तामाङको गरिबी बयान गरेर साध्य छैन ।
त्यहि माथी सात बर्षकी छोरी अञ्जली तामाङमा लागेको ‘कडा रोग’को पिडाले उनलाई पिरोल्नु सम्म पिरोलेको छ । डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीले काम नदिएका बताए पनि उहाले उपचार गर्न सक्नु भएको छेन । अहिले खुट्टा देखि टाउको सम्म पुरै सुनिएको छ । मेची अञ्चल अस्पताल भद्रपुर झापा पु¥याए पछि नोवेल अस्पताल विराटनगरका लागि रिफर गरियोे । स्थानीयको सहयोगमा नोवेल अस्पताल विराटनगर पु¥याए पछि ‘डाइलोसिस नथाम्ने भन्दै फिर्ता गरेपछि बाबु टिकारमाको छटपटी झनै थपिएको थियो । पछिल्लो समय अञ्जलीलाई मेची अञ्चल अस्पतालबाट आईतबार घर ल्याईएको छ । बुबा टिकारामले भन्नु भयो ‘छरछिमेकले जुटाई दिएको पैसाले आईतबार काठमाण्डौं लैजाने तयारी छ ।’ ‘चिनेको छैन जानेको छैन कसरी उपचारमा लैजाने केहि उपाय छैन ’टिकारामले दुखेसो पोख्नु भयो ।
देख्दा मोटाए जस्तो लाग्ने अञ्जली एक बर्ष देखि पिडामा हुनुहुन्छ । शरिरमा तागत शुन्य प्राय भएको छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्ष देखि स्कुल जान सक्नु भएको छैन । टिकाराम भन्छन् ‘घरपनि छैन , जमिन पनि छैन, छोरी कसरी बचाउने भन्ने चिन्ता छ’
६ बर्ष देखि एउटा खुट्टो नचल्ने टिकारामकी श्रीमती सुमित्रा तामाङलाई घर भित्रबाहिर गर्न पनि समस्या छ । छोरीको पिडाले उहालाई झनै कमजोर बनाउँदै छ । जसरी पनि छोरी बचाउनका लागि सहयोको याचना गर्दै आउनु भएको छ टिकाराम । अरुको मेलापात गरेर जिविका धान्ने टिकारामलाई स्थानीयले दुई रोपनी जमिन दिएका छन, उहा त्यहि खनीखोर्सी गर्नुहुन्छ ।
जसोतसो पेटपाल्न ज्यालादारी गर्ने टिकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त हुनुहुन्छ । टिकारामलाई छोरीको किड्नी जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन । उहा भन्नुहुन्छ ‘लाउला खाउला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आश गरेको छु । तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैकमा खाता समेत खोलेका छन् । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गर्नु भएको छ ।

TOP