जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

दुबै किड्नी फेल भएकी सूर्योदयकी वालिका आर्थिक अभावमा एक बर्ष देखि छटपटाउदै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
दुबै किड्नी फेल भएकी सूर्योदयकी वालिका आर्थिक अभावमा एक बर्ष देखि छटपटाउदै

गरिबीको पिढाः

फिक्कल:

टाटीले बारेको घर । माटो झरेर टाटीमात्रै हुन लागेको घरमा ३ छोराछोरी र ६ बर्ष देखि प्यारलाईसिसले थलीएकी श्रीमती । दैनिक जयालादारी गरेर पेटपाल्ने सूर्योदय नगरपालिका १० का टिकाराम तामाङको गरिबी बयान गरेर साध्य छैन ।
त्यहि माथी सात बर्षकी छोरी अञ्जली तामाङमा लागेको ‘कडा रोग’को पिडाले उनलाई पिरोल्नु सम्म पिरोलेको छ । डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीले काम नदिएका बताए पनि उहाले उपचार गर्न सक्नु भएको छेन । अहिले खुट्टा देखि टाउको सम्म पुरै सुनिएको छ । मेची अञ्चल अस्पताल भद्रपुर झापा पु¥याए पछि नोवेल अस्पताल विराटनगरका लागि रिफर गरियोे । स्थानीयको सहयोगमा नोवेल अस्पताल विराटनगर पु¥याए पछि ‘डाइलोसिस नथाम्ने भन्दै फिर्ता गरेपछि बाबु टिकारमाको छटपटी झनै थपिएको थियो । पछिल्लो समय अञ्जलीलाई मेची अञ्चल अस्पतालबाट आईतबार घर ल्याईएको छ । बुबा टिकारामले भन्नु भयो ‘छरछिमेकले जुटाई दिएको पैसाले आईतबार काठमाण्डौं लैजाने तयारी छ ।’ ‘चिनेको छैन जानेको छैन कसरी उपचारमा लैजाने केहि उपाय छैन ’टिकारामले दुखेसो पोख्नु भयो ।
देख्दा मोटाए जस्तो लाग्ने अञ्जली एक बर्ष देखि पिडामा हुनुहुन्छ । शरिरमा तागत शुन्य प्राय भएको छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्ष देखि स्कुल जान सक्नु भएको छैन । टिकाराम भन्छन् ‘घरपनि छैन , जमिन पनि छैन, छोरी कसरी बचाउने भन्ने चिन्ता छ’
६ बर्ष देखि एउटा खुट्टो नचल्ने टिकारामकी श्रीमती सुमित्रा तामाङलाई घर भित्रबाहिर गर्न पनि समस्या छ । छोरीको पिडाले उहालाई झनै कमजोर बनाउँदै छ । जसरी पनि छोरी बचाउनका लागि सहयोको याचना गर्दै आउनु भएको छ टिकाराम । अरुको मेलापात गरेर जिविका धान्ने टिकारामलाई स्थानीयले दुई रोपनी जमिन दिएका छन, उहा त्यहि खनीखोर्सी गर्नुहुन्छ ।
जसोतसो पेटपाल्न ज्यालादारी गर्ने टिकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त हुनुहुन्छ । टिकारामलाई छोरीको किड्नी जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन । उहा भन्नुहुन्छ ‘लाउला खाउला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आश गरेको छु । तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैकमा खाता समेत खोलेका छन् । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गर्नु भएको छ ।

TOP