पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

हिमालय माबि गोर्खेका बिद्यार्थीमा बेहोस हुने समस्या

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
हिमालय माबि गोर्खेका बिद्यार्थीमा बेहोस हुने समस्या

फिक्कल: इलामको सूर्योदय नगरपालिका १ गोर्खेमा रहेको हिमालय माध्यमिक बिद्यालयका बिद्यार्थीमा अनौठो रोग (समसया) देखा परेको छ ।केहिदिन देखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत बिद्यार्थीमा एक्कसी चिच्याउने, बेहोस हुने, खिन्नता ब्यक्त गर्ने जस्ता अनौठो रोग देखा परेको हो ।
बिद्यालयका १० जना छात्रा र ३ जना छात्रमा आज सम्ममा उक्त समस्या देखिएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति सुदर्शन खतिवडाले जानकारी दिनु भयो । उहाका अनुसार बिगत एक महिना देखि एक÷दुई जनामा गर्दै समुहमै समस्या आउन थालेको छ । बिद्यार्थीमा समस्या आए पछि सोमबार मनोपरामर्शदाता राजन श्रेष्ठ र स्रोत ब्यक्ति खतिवडा बिद्यालयमा गई काउन्सीलिङ गर्नु भएको छ । बिद्यालयमा प्रधानाध्यापक, शिक्षक र समस्या भएका बिद्यार्थीलाई अलगअगल राखेर काउन्सीलिङ गरीएको स्रोत ब्यक्ति खतिवडाले जानकारी दिनु भयो । मनोपरामर्शदाता श्रेष्ठले तनाव या अन्य कुनै कारणले बिद्यार्थीमा उक्त समस्या देखा परेको बताउनु भयो । उहाले उक्त समस्या मास कन्भर्सन डीसअर्डर भएको जानकारी दिदै केहि दिनको प्याकेजमा परामर्श दिईनु पर्ने बताउनु भयो । श्रेष्ठले भन्नु भयो‘बिद्यालयमा पहिलो समस्या भएको बिद्यार्थीलाई उपचार गराएमा अन्य बिद्यार्थीको समस्या अलि चाडो हल हुन्छ ।’ बिशेष गरी पारिवारीक रुपमा समस्या भएका बिद्यार्थीमा यस्तो समस्या देखिएको पाइएको छ ।
बिद्यालयका प्रधानाध्यापक कुल बहादुर इम्सङले बिद्यार्थीमा उक्त प्रकृतिको समस्या बढ्दै जादा अन्य बिद्यार्थीमा समेत भय उत्पन्न भएको जानकारी दिनु भयो । गत बर्ष सूर्योदयकै करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयका बिद्यार्थीमा लामो समय सम्म उक्त प्रकृतिको समस्या देखिएको थियो ।

 

 

 

 

 

TOP