प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

हिमालय माबि गोर्खेका बिद्यार्थीमा बेहोस हुने समस्या

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
हिमालय माबि गोर्खेका बिद्यार्थीमा बेहोस हुने समस्या

फिक्कल: इलामको सूर्योदय नगरपालिका १ गोर्खेमा रहेको हिमालय माध्यमिक बिद्यालयका बिद्यार्थीमा अनौठो रोग (समसया) देखा परेको छ ।केहिदिन देखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत बिद्यार्थीमा एक्कसी चिच्याउने, बेहोस हुने, खिन्नता ब्यक्त गर्ने जस्ता अनौठो रोग देखा परेको हो ।
बिद्यालयका १० जना छात्रा र ३ जना छात्रमा आज सम्ममा उक्त समस्या देखिएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति सुदर्शन खतिवडाले जानकारी दिनु भयो । उहाका अनुसार बिगत एक महिना देखि एक÷दुई जनामा गर्दै समुहमै समस्या आउन थालेको छ । बिद्यार्थीमा समस्या आए पछि सोमबार मनोपरामर्शदाता राजन श्रेष्ठ र स्रोत ब्यक्ति खतिवडा बिद्यालयमा गई काउन्सीलिङ गर्नु भएको छ । बिद्यालयमा प्रधानाध्यापक, शिक्षक र समस्या भएका बिद्यार्थीलाई अलगअगल राखेर काउन्सीलिङ गरीएको स्रोत ब्यक्ति खतिवडाले जानकारी दिनु भयो । मनोपरामर्शदाता श्रेष्ठले तनाव या अन्य कुनै कारणले बिद्यार्थीमा उक्त समस्या देखा परेको बताउनु भयो । उहाले उक्त समस्या मास कन्भर्सन डीसअर्डर भएको जानकारी दिदै केहि दिनको प्याकेजमा परामर्श दिईनु पर्ने बताउनु भयो । श्रेष्ठले भन्नु भयो‘बिद्यालयमा पहिलो समस्या भएको बिद्यार्थीलाई उपचार गराएमा अन्य बिद्यार्थीको समस्या अलि चाडो हल हुन्छ ।’ बिशेष गरी पारिवारीक रुपमा समस्या भएका बिद्यार्थीमा यस्तो समस्या देखिएको पाइएको छ ।
बिद्यालयका प्रधानाध्यापक कुल बहादुर इम्सङले बिद्यार्थीमा उक्त प्रकृतिको समस्या बढ्दै जादा अन्य बिद्यार्थीमा समेत भय उत्पन्न भएको जानकारी दिनु भयो । गत बर्ष सूर्योदयकै करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयका बिद्यार्थीमा लामो समय सम्म उक्त प्रकृतिको समस्या देखिएको थियो ।

 

 

 

 

 

TOP