प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमन गर्दा ७८ हजार बढीको अखाद्य सामग्री बरामद

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
फिक्कल बजार अनुगमन गर्दा ७८ हजार बढीको अखाद्य सामग्री बरामद

फिक्कल: अखाद्य बस्तुको बिक्री बितरण हुने गरेको गुनासो बढेपछि सूर्योदय नगरपालिकामा बजार आनुगमनलाई तिब्रता दिइएको छ । नगर उप प्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा गठित उपभोक्ता हकहित संरक्षण समितिले नगरको मुख्य बजार फिक्कलमा अनुगमनलाई तिब्रता दिएको हो ।
आईतबार र सोमबार फिक्कल बजार अनुगमन गर्दा केही थोक पसल र डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएका सामग्री फेला परेको पाइएको छ । बजार अनुगमन समितिका संयोजक नविन ढकालले संचालनमा आएका नयाँ पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेको जानकारी दिनु भयो ।
अनुगमनका क्रममा विभिन्न ब्राण्डका चकलेट, चनाको सातु , कोक, फेन्टा , जुस , कुरकुरे , लभ क्यान्डी , गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट ,ढाकी पापड आदि फेला पारी बरामद गरीएको छ । दुई दिनमा फिक्कलका २२ वटा पसलको अनुगमन गर्दा १२ वटा पसलबाट ७८ हजार ४९२ रुपियाँ बराबरको अखाद्य बस्तु बरामद भएको छ । नगरले चाडबाडको समय भरी नै बजार अनुगमन गर्ने जनाएको छ । बरामद भएको सामग्री मुचुल्का उठाएर डिस्पोज गर्ने संयोजक ढकालले जानकारी दिनु भयो ।अनुगमन टोलीले म्याद गुज्रिएका बस्तु अलग गरेर राख्न, दर्ता नविकरण चुस्तदुरुस्त राख्न समेत अनुगमन गरीएका पसललाई निर्देशन दिएको छ ।

 

TOP