जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पाथीभरा साना पर्यटन ब्यबसायी समुहको तेस्रो साधारणसभा सम्पन्न

  • प्रकाशित मितिः September 23, 2026
  • हाम्रो पालिका
पाथीभरा साना पर्यटन ब्यबसायी समुहको तेस्रो साधारणसभा सम्पन्न

डाइमण्ड तिम्सिना
रोङ गाउँ पालिकाको कुटिडाँडामा अबस्थित पाथीभरा मन्दिरको प्राङ्गणमा ब्यापार ब्यबसाय गर्ने उदेश्यले स्थापना गरिएको माता पाथिभरा साना पर्यटन ब्यबसायी समुहको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको आम्दानी अगरबत्ति उत्पादन तथा झोला निर्माण तथा बिक्रीवितरणबाट जम्मा सात लाख ९४ हजार ३४६ आम्दानी भएको देखिएको छ।गत वर्षको एन आइर्. एम. बैंक र पामकोल बचत तथा ऋण सहकारी संस्थामा गरी दुई लाख ४८हजार ६६६ मैज्दात रहेकोमा यो आर्थिक वर्षमा थप भई हाल एन आई एम बि बैँकमा १६ हजार २२० र पामकोल बचत तथा ऋण सहकारी संस्थामा हाल दुई लाख ८०हजार ४६० मैज्दात रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ।
उक्त साधारणसभा तथा आम भेलामा संस्थाका अध्यक्ष राम बहादुर खवासको अध्यक्षता तथा कार्यपालिका सदस्य इन्दिरा सिल्वालको प्रमुख आतिथ्यतामा बिभिन्न संधसंस्थाका प्रतिनिधि ,प्रहरी ,स्थानीय ब्यपारी संचारकर्मी लगायतको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।
संस्थाले बिभिन्न विधामा योगदान पु¥याउने ब्यात्तिलाई सम्मान गरेको छ । जसमा जानुका देबि भुजेल र जीना बस्नेतलाई उत्कृष्ट सरसफाइ कर्तालाई सम्मान गरेको छ । अनुशासित ब्यबसायी तर्फ कबिता राई र पुष्पा गुरुङ , नियमित अगरबत्ति बिक्री तथा भुक्तानी कर्तामा निशा राई र बितिसा भुजेल र फ्रेबिक झोला बिक्री तथा भुक्तानी कर्तामा इन्दिरा भुजेल र इमानदारी ब्यबसायीमा सम्झना निरौला लाई समेत सम्मान गरेको छ । थोक बिक्रेता तर्फ बिमल भुजेल ,कृष्ण कुमारी भुजेल र याम बहादुर सुनुवारलाई समेत सम्मान गरेको संस्थाका उपाध्यक्ष दिनेश निरौलाले जानकारी दिनुभयो ।
सभाले रिक्त रहेको सह सचिव पदमा लिला देबि खवास र दुई सदस्यमा रीमा भुजेल र उषा भुजेललाई चयन गरेको छ ।
सभाले ब्यापारी का बिभिन्न आचारसंहिता समेत बनाएको छ जसमा चुरोट सुर्ति तथा मादक पदार्थ सेवन नगर्ने,मुख्य रुपमा रहेको प्लास्टिक जन्य फोहोर ब्यबस्थापन गर्ने, साथै दिगो समाधान खोजिने संस्था का अध्यक्ष राम खवासले समितिको प्रतिबेदन प्रस्तुत गर्ने क्रममा स्पस्ट पार्नुभयो।सभामा आर्थिक प्रतिबेदन कोषाध्यक्ष किरण राउत ले प्रस्तुत गर्नुभएको थियो।
मन्दिरको स्थापना कालदेखि नै असङ्गठित रुपमै भएपनि ब्यापारी हरुले मालापोते तथा फुल पर्साद को पसल गर्दै आएका थिए, अहिले संगठित भई यस क्षेत्रमा मन्दिर परिसर मा४९ वटा पसल तथा एक खाजा घर र हाँसपोखरि क्षेत्रमा ६० देखि ७० वटा सम्म साना ठुला गरी संचालनमा छन् ।यस ब्यबसाय वाट रोङ तथा सुर्योदय का करिव ५०० जना ले जिविकोपार्जन गरेका छन् ।पाथिभरा मन्दिर पालिकाले जिम्मा लिई समिति बनाई संचालन गर्न थालेपछि भक्तजनको घुईचो लाग्न थालेको छ।

TOP