जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा बजार अनुगमन शुरु

  • प्रकाशित मितिः September 23, 2026
  • हाम्रो पालिका
सूर्योदयमा बजार अनुगमन शुरु

बिक्रम सुन्दाश,फिक्कल:

सूर्योदय नगरपालिकाको बजार आनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ । नगरले मुख्य बजार फिक्कलबाट अनुगमन थालेको हो ।
फिक्कल बजारमा अनुगमनका क्रममा केही थोक पसल र डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएका सामग्रीहरु फेला परेको छ विगतका अनुगमनले गर्दा यस वर्ष भने धेरै सुधार आएको पाइएको सूर्योदय नगर बजार अनुगमन समितिका अधिकृत नविन ढकालले जान्कारी दिनुभयो । उहाँले केही नयाँ पसल संचालनमा आएकाले १० दिनको म्याद दिएर दर्ता गर्न सुझाव दिएको बताउनु भयो । अनुगमनका क्रममा म्याद गुज्रिएको अखाद्यय वस्तु ,विभिन्न ब्राण्डका चकलेट, चनाको सातु , कोक, फेन्टा , जुस , कुरकुरे , लभ क्यान्डी , गरम मसला, चिया पत्ति , थुक्पा , विस्कुट ,ढाकी पापड आदि रहेका छन ।
अनुगमनमा सीमा प्रसासन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेल , नगर पलिकाका कर्मचारी पुर्णबहादुर राई, सूर्योदय उद्योग वाणिज्य संघ महासचिव तोयानाथ भट्टराई , फिक्कल प्रहरी चौकीका पुष्पलाल भट्टराई,रमेश कुमार माझी ,नगर प्रहरी ,सञ्चारकर्मी लगायतको टोलीले व्यवसायीलाई सचेत गराएका छन । नगरले उपभोक्ताको स्वास्थ्यमा अहित हुने वस्तु साथै चाडवाडमा कालोबजारी हुुनसक्ने कुरालाई मध्यनजर गरि बजारमा अखाध्य र म्याद गुज्रिएका सामग्री पाइने भएकाले बजार अनुगमन गरिएको जनाइएको छ ।

TOP