जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

स्वास्थ्य सेवा मूल्यांकनमा इलामका पालिका मध्ये ‘सूर्याेदय उत्कृष्ट’

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
स्वास्थ्य सेवा मूल्यांकनमा इलामका पालिका मध्ये ‘सूर्याेदय उत्कृष्ट’

फिक्कल : इलामको सूर्याेदय नगरपालिका स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा इलामका १० पालिका मध्ये उत्कृष्ट पालिका भएको छ ।
स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा सूर्याेदयलाई जिल्लाका १० पालिकामध्ये पहिलो भएको घोषणा सहित सम्मान गरेको हो । असोज ४ र ५ गते सदरमुकाममा सम्पन्न वार्षिक समीक्षा गोष्ठीमा विभिन्न सूचकका आधारमा पहिलो भएको सूर्याेदयलाई सम्मानपत्र प्रदान गरीयो ।
पूर्ण खोप, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा, रोग नियन्त्रण कार्यक्रम, जनशक्ति व्यवस्थापन, औषधि तथा सामग्रीको उपलब्धता लगायतका सूचकका आधारमा मापन गरीएको थियो । बजेट विनियोजन र खर्च, रेकर्डिङ रिपोर्टिङ र प्रतिवेदन लगायतका सूचक पनिसमेटिएको स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्यले जानकारी दिनु भयो ।
सूचकका आधारमा रोङ गाउँपालिका दोस्रो र इलाम नगरपालिका तेस्रो भएका छन । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाएर काम गरीरहेको जानकारी दिनु भयो । नगरले पोषणमैत्री नगर घोषणाका लागि काम गरीरहेका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । नगर प्रमुख रणबहादुर राईले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँच पुग्ने गरी नगरले काम गरीरहेको जानकारी दिनु भयो ।

TOP