Hamropalika menu advertisement

गोरखामा भएको सवारी दुर्घटनामा इलामको देउमाईका सुरेन्द्र राईको मृत्यु

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
गोरखामा भएको सवारी दुर्घटनामा इलामको देउमाईका सुरेन्द्र राईको मृत्यु

इलाम :   गोरखामा भएको सवारी दुर्घटनामा इलाम घर भएका सैनिक जवान सुरेन्द्र राईको मृत्यु भएको छ । गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय राईको गोरखा अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। इलामको देउमाई गाउँपालिका–२ घर भई गोरखास्थित रिपुमर्दन गणमा कार्यरत राईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका थिए। शनिबार अपरान्ह पौने पाँच बजेतिर भएको सो दुर्घटनामा परी गोरखास्थित रिपुमर्दन गणमा कार्यरत लेसनायकद्वय सुरेन्द्र राई र जनम राई घाइते भएका थिए।

TOP