जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

गोरखामा भएको सवारी दुर्घटनामा इलामको देउमाईका सुरेन्द्र राईको मृत्यु

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
गोरखामा भएको सवारी दुर्घटनामा इलामको देउमाईका सुरेन्द्र राईको मृत्यु

इलाम :   गोरखामा भएको सवारी दुर्घटनामा इलाम घर भएका सैनिक जवान सुरेन्द्र राईको मृत्यु भएको छ । गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय राईको गोरखा अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। इलामको देउमाई गाउँपालिका–२ घर भई गोरखास्थित रिपुमर्दन गणमा कार्यरत राईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका थिए। शनिबार अपरान्ह पौने पाँच बजेतिर भएको सो दुर्घटनामा परी गोरखास्थित रिपुमर्दन गणमा कार्यरत लेसनायकद्वय सुरेन्द्र राई र जनम राई घाइते भएका थिए।

TOP