जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको अन्तु-समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक ७ गतेदेखि हुँने

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको अन्तु-समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक ७ गतेदेखि हुँने

फिक्कल : दोस्रो संस्करणको गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना कात्तिक ७ गतेदेखि १० गतेसम्म हुने भएको छ । गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा प्रतियोगिता संचालन हुने भएको हो । भेट्रान्स खेलाडीहरुलाई फुटबल खेलमा आर्कषित गर्दै खेल पर्यटनको विकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सामसुङ मेमोरियल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ भेट्रान्स फुटबल टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद ७० हजार र ट्रफी पाउने खेल संयोजक विकास तामाङले जानकारी दिए । उनका अनुसार उपविजेताले नगद ३५ हजार पाउने छ । गत बर्ष कार्तिक १७ गतेबाट प्रतियोगिता संचालन गरिएको थियो । पहिलो संस्करणको प्रतियोगिता एमसीसी भेट्रान्सलाई हराउँदै घरेलु टिम गोरख भेट्रान्सले जितेको थियो ।
नेपाल र भारतका टिमहरुलाई सहभागिता गराएर खेलको माध्यमबाट अन्तरदेशीय सम्बन्ध विस्तार गर्दै पर्यटन प्रर्वद्धनलाई टेवा पु¥याइने आयोजक समितिका सचिव विकास तामाङले बताए । खेलमा सहभागि खेलाडीको बिमा समेत गरिएको उनले बताए । नेको इन्स्योरेन्सले खेलाडीको बिममा सहकार्य गरेको छ ।
६ लाख ३५ हजार रुपैया खर्च हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ वटा टिम सहभागि हुनेछन् । प्रतियोगितामा गोरख भेट्रान्स सुर्योदय नगरपालिका ५, एम सि सि भेट्रान्स फिक्कल, युएफसी भेट्रान्स बुङकुलुङ, फेमेगुरु भेट्रान्स इलाम, पूर्वेली भेट्रान्स बिर्तामोड, दमक लखनपुर भेट्रान, दमक, जि जे युनाइटेड भेट्रान्स दार्जिलिङ्ग, बरमिक नाम्पिङ्ग भेट्रान्स सिक्किम सहभागि हुनेछन् ।
खेलकुदका माध्यमबाट पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार अन्तु पर्यटन व्यवसायी संघले प्रायोजन गरेको छ । प्रथम पुरस्कार प्रायोजन बारे अन्तु पर्यटन व्यवसायी संघका रुद्र घिमिरे आयोजक समिति बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै प्रतियोगिताको ट्रफिको पनि स्थानीय श्री बम्जन परिवार सुर्योदय नगरपालिका ५ ले प्रायोजन गरेको छ । सो प्रायोजनको पनि समझदारी पत्रमा आयोजक समितिसँग संझौता भएको हो ।
फुटबलल प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन पर्यटकीय क्षेत्र अन्तुको भञ्ज्याङ्गमा गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सूर्योदय नगर खेलकुद विकास समितिका सौरभ आचार्यले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । सम्मेलनमा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले संचार क्षेत्रले निरन्तर सहकार्य गर्ने बताए । गोरख टोल विकास संस्थाका अध्यक्ष ललित तामाङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

TOP