अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

इलामको अन्तु-समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक ७ गतेदेखि हुँने

  • प्रकाशित मितिः January 23, 2026
  • हाम्रो पालिका
इलामको अन्तु-समाल्बुङमा दोश्रो गोरख भेट्रान्स फुटबल कात्तिक ७ गतेदेखि हुँने

फिक्कल : दोस्रो संस्करणको गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना कात्तिक ७ गतेदेखि १० गतेसम्म हुने भएको छ । गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा प्रतियोगिता संचालन हुने भएको हो । भेट्रान्स खेलाडीहरुलाई फुटबल खेलमा आर्कषित गर्दै खेल पर्यटनको विकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सामसुङ मेमोरियल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ भेट्रान्स फुटबल टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद ७० हजार र ट्रफी पाउने खेल संयोजक विकास तामाङले जानकारी दिए । उनका अनुसार उपविजेताले नगद ३५ हजार पाउने छ । गत बर्ष कार्तिक १७ गतेबाट प्रतियोगिता संचालन गरिएको थियो । पहिलो संस्करणको प्रतियोगिता एमसीसी भेट्रान्सलाई हराउँदै घरेलु टिम गोरख भेट्रान्सले जितेको थियो ।
नेपाल र भारतका टिमहरुलाई सहभागिता गराएर खेलको माध्यमबाट अन्तरदेशीय सम्बन्ध विस्तार गर्दै पर्यटन प्रर्वद्धनलाई टेवा पु¥याइने आयोजक समितिका सचिव विकास तामाङले बताए । खेलमा सहभागि खेलाडीको बिमा समेत गरिएको उनले बताए । नेको इन्स्योरेन्सले खेलाडीको बिममा सहकार्य गरेको छ ।
६ लाख ३५ हजार रुपैया खर्च हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ वटा टिम सहभागि हुनेछन् । प्रतियोगितामा गोरख भेट्रान्स सुर्योदय नगरपालिका ५, एम सि सि भेट्रान्स फिक्कल, युएफसी भेट्रान्स बुङकुलुङ, फेमेगुरु भेट्रान्स इलाम, पूर्वेली भेट्रान्स बिर्तामोड, दमक लखनपुर भेट्रान, दमक, जि जे युनाइटेड भेट्रान्स दार्जिलिङ्ग, बरमिक नाम्पिङ्ग भेट्रान्स सिक्किम सहभागि हुनेछन् ।
खेलकुदका माध्यमबाट पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार अन्तु पर्यटन व्यवसायी संघले प्रायोजन गरेको छ । प्रथम पुरस्कार प्रायोजन बारे अन्तु पर्यटन व्यवसायी संघका रुद्र घिमिरे आयोजक समिति बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै प्रतियोगिताको ट्रफिको पनि स्थानीय श्री बम्जन परिवार सुर्योदय नगरपालिका ५ ले प्रायोजन गरेको छ । सो प्रायोजनको पनि समझदारी पत्रमा आयोजक समितिसँग संझौता भएको हो ।
फुटबलल प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन पर्यटकीय क्षेत्र अन्तुको भञ्ज्याङ्गमा गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सूर्योदय नगर खेलकुद विकास समितिका सौरभ आचार्यले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । सम्मेलनमा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले संचार क्षेत्रले निरन्तर सहकार्य गर्ने बताए । गोरख टोल विकास संस्थाका अध्यक्ष ललित तामाङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

TOP