जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न

डाइमण्ड तिम्सिना, इलाम : रोङ गाउँपालिकाको वडा नं ३ को कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारण सभा सम्पन्न भएको छ । सस्थाले गत बर्ष ५ लाख ८ हजार १०२ रुपैयाँ बराबरको प्राप्ती भुत्तानी कारोबार गरेको लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गर्दै साधारण सभा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो, उपाध्यक्ष बिस्नुमाया खवास ३ नं. वडा अध्यक्ष मात्रिका बराल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थित कार्यक्रममा रहेको थियो। दुई बर्ष अघि २०७९ माघ १६ गते ३ नम्बर वडा कार्यालयमा दर्ता भइ स्थापना भएको टोल बिकास सस्थाले कुटिडाँडा बजारको बिद्युत ब्यवस्थापन तथा सरसफाइ कार्य टोलबिकास सस्था मार्फत हुदै आएको सस्थाका सचिब दिनेश निरौलाले बताउनु भयो ।
टोल बिकास सस्थामा ९१ हजार ७१४ रुपैयाको पुजीबचत रहेको र नगद ६३ हजार ४२४ रुपैया बैकम रहेको सचिब निरौलले जानकारी दिनुभयो । टोलबिकास सस्थाले सडक बिद्युत र सस्कृति जगेर्नालाई बिशेष जोड दिएर कार्यक्रम गरिरहेको छ । ्८९ घर सदस्य रहेको यस टोलमा ढल ब्यवस्थापन मुख्य चुनौती रहेको टोलबिकास सस्थाका अध्यक्ष मिलन भुजेलले बताउनुभयो ।यसैबिच साधारण सभाको अवसरमा टोलबिकास सस्था भित्रका एकल महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले सबै वडामा टोल बिकास संस्था गठन गर्दै बिकासको गति स्थानीय सरकार संग जोड्ने बताउनु भयो ।

TOP