पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति

फिक्कल: पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको तेह्रौ र चौँधौ नगर सभाबाट स्वीकृत आर्थिक बर्ष.२०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ ।
नगरको संशोधित वार्षिक बजेट एक अर्व ९३ करोड ८७ लाख पाँच हजार सात सय ८१ रुपैयाँ विनियोजन गरिएकोमा जम्मा ९६ करोड ८५ लाख ७७ हजार पाँच सय ९४ रुपैयाँ बजेट खर्च भई समग्रमा ८८ दशमलब ५४ प्रतिशत बितिय प्रगति भएको छ ।
जसमा चालु खर्चतर्फ ६९ करोड ८३ लाख ७५ हजार विनियोजन भएकोमा ६१ करोड ६० लाख ८७ हजार रुपैयाँ बजेट रकम खर्च भई ८८.८२ प्रतिशत र पूँजीगत खर्चतर्फ ३९ करोड ५५ लाख बिनियोजन भएकोमा ३५ करोड २४ लाख ८९ हजार बजेट खर्च भई ८९.१२ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिनु भयो ।
नगरको विषयगत समिति अन्तर्गत आर्थिक विकास तर्फ ८४.०४ प्रतिशत, सामाजिक विकास तर्फ ९२.२३ प्रतिशत, पूर्वाधार विकास तर्फ ८९.६३ प्रतिशत, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ ६६.१३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८३.८५ प्रतिशत वित्तीय प्रगति हासिल भएको समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समृद्ध नगर निर्माण गर्न नगरले निर्धारण गरेको कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । शिक्षा, स्वास्थ्य, आर्थिक विकास र पूर्वाधार निर्माण गर्न मुख्य लगानी गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरले स्वीकृत गरी हाल कार्यान्वयनमा रहेको आवधिक योजना र मध्यकालीन खर्च संरचनासँग सामञ्जस्यता कायम गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनलाई दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गर्दै आएको नगर प्रमुख राईले बताउनु भयो । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको अध्यक्षता र नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठीमा महाशाखा, विषयगत शाखा र वडाबाट प्रगति विवरण तयार गरी प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विषयगत समितिका संयोजक, वडाअध्यक्ष, वडा सदस्य, शाखा प्रमुख र अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

TOP