जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति

फिक्कल: पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको तेह्रौ र चौँधौ नगर सभाबाट स्वीकृत आर्थिक बर्ष.२०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ ।
नगरको संशोधित वार्षिक बजेट एक अर्व ९३ करोड ८७ लाख पाँच हजार सात सय ८१ रुपैयाँ विनियोजन गरिएकोमा जम्मा ९६ करोड ८५ लाख ७७ हजार पाँच सय ९४ रुपैयाँ बजेट खर्च भई समग्रमा ८८ दशमलब ५४ प्रतिशत बितिय प्रगति भएको छ ।
जसमा चालु खर्चतर्फ ६९ करोड ८३ लाख ७५ हजार विनियोजन भएकोमा ६१ करोड ६० लाख ८७ हजार रुपैयाँ बजेट रकम खर्च भई ८८.८२ प्रतिशत र पूँजीगत खर्चतर्फ ३९ करोड ५५ लाख बिनियोजन भएकोमा ३५ करोड २४ लाख ८९ हजार बजेट खर्च भई ८९.१२ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिनु भयो ।
नगरको विषयगत समिति अन्तर्गत आर्थिक विकास तर्फ ८४.०४ प्रतिशत, सामाजिक विकास तर्फ ९२.२३ प्रतिशत, पूर्वाधार विकास तर्फ ८९.६३ प्रतिशत, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ ६६.१३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८३.८५ प्रतिशत वित्तीय प्रगति हासिल भएको समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समृद्ध नगर निर्माण गर्न नगरले निर्धारण गरेको कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । शिक्षा, स्वास्थ्य, आर्थिक विकास र पूर्वाधार निर्माण गर्न मुख्य लगानी गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरले स्वीकृत गरी हाल कार्यान्वयनमा रहेको आवधिक योजना र मध्यकालीन खर्च संरचनासँग सामञ्जस्यता कायम गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनलाई दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गर्दै आएको नगर प्रमुख राईले बताउनु भयो । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको अध्यक्षता र नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठीमा महाशाखा, विषयगत शाखा र वडाबाट प्रगति विवरण तयार गरी प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विषयगत समितिका संयोजक, वडाअध्यक्ष, वडा सदस्य, शाखा प्रमुख र अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

TOP