जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

शिक्षासेवी गौरीलामाको शालिक अनावरण

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
शिक्षासेवी गौरीलामाको शालिक अनावरण

गोबिन्द पौडेल:
राणाकालिन समयमा नै शिक्षाको जग वसाल्न दुर्गम गाउमा बिद्यालय स्थापना गर्ने शिक्षासेवी गौरी लामाको शालिक स्थापना गरी अनावरण गरिएको छ ।राणाकालिन समय बि स २००४ सालमारोङ गाउपालिका वडा न ६ को सलकपुरमा रहेको मोतिराम माध्यमिक बिद्यालयको सस्थापक शिक्षासेवी गौरीलामाको शालिक निर्माणगरि एक कार्यक्रमको बिच रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले अनावरण गरेका हुन ।बिद्यालयका पुर्व बिद्यार्थी द्वय रोङगाउपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यता र वडा न ६ का वडाध्यक्ष सत्यम राई चौरासेको बिशेष आतिथ्यमा बिद्यालय परिसरमा शालिक अनावरणको कार्यक्रम भएको थियो ।
को हुन त गौरीलामा
बि स १९३७ मा तेह्रथुमकोआठराई ढोडेनिमा जन्मिएका लामा उनका पिता ज्ञानवाङ सग १९४५ मा सलकपुरको कातिकेमा वसाई सरी आएका थिए ।वाल्यकालमा नै उनि भारततिर गएर अग्रेजी सगै नेपाली सस्कृत र पाली भाषाको अध्ययन गरेका लामा सिलिगुडि दार्जिलिङ सडकमा मुन्सि काम गर्दथे ।शिक्षापति मोह भएका कारण उनलाई मुन्सिमास्टर र दारि पालेको कारण दारीमास्टर नामले पनि चिनिन्थे ।पछि उनै मुन्सि मास्टरले भारतको मिरिकथुम,सौरेनिमा बि स १९६८र६९ तिर समेत स्कुल खोलेर पढाउने गरेका थिए ।नेपालकै मान्छे मुन्सिमास्टरले भारतमा पढाएको थाहा पाएर तत्कालिन ईलामका वडाहाकिम राज समसेर राणाले आफ्ना नानिहरुलाई पढाउन लगाएका थिए ।ईलाममा केहि समय बसेर गौरी पुर्वी ईलामतिर लागे ।

केहिसमय करफोकमा रहेको सोमेश्वरानन्दको कुटिमा बिताए र फिक्कलमा रहेको सस्कृत पाठशालामा बिताएर सलकपुरलाई मौरिपालन, सुन्तला कागति,भोगटे रोपणको शुरुआत गरेका थिए ।पछिस्थानिय अग्रज देवलाल घिमिरे,पुस्पलाल घिमिरे,पदमलाल घिमिरे, बिश्वनाथ घिमिरे,शिवलाल उपाध्याय,मणिराज भारती लगायतको सरस्लाहमा स्कुल खोल्ने प्स्ताव गरि २००४ सालमा छबिलाल उपाध्यायको ९९को राजिनामा गरेको बाझोवारीमा स्कुल स्थापना गरेका थिए ।पछि उक्त ठाउ ओसिलो भएको कारण रमाईलो र घमाईलो डाडा पदमलाल उपाध्यायले ९९को राजिनामा गरेको हालको मोतिराम मा बि भएको स्थानमा स्कुलको स्थानतरण भएको थियो ।तत्कालिन राणाकालमा बिद्यालय खोल्ने अनुमतिको बिन्तिपत्र बि स २००५असोज २३ गते शिक्षाहेर्ने राणाहाकिम मिगेन्द्र समसेर ज वरा समक्ष पेश भयो स्कुलको बिबरण पठाउने हुकुम सहित बार्षिक १५ सय अनुदान पाउने पत्र सहित बिद्यालयको बिधिवत स्थापना भएको बिद्यालयमा २०२२ सालदेखी काम गर्नुएका पुर्व प्रधानाध्यापक दलबहादुर मोक्तानले बताए ।
२०२२ सालमा आफुले कार्यालय सम्हाल्दा कागजातको बिचमा भेटिएको नेगेटिभ सिलिगुडिको एच एल फोटो स्टुडियोमा लगेर धुलाउदा गौरीलामा रहेको र आफुले उक्त दस्ताबेजहरु सबै बिद्यालयमा बरबुझारथ गरेको मोक्तान बताउछन् ।सभवत राणाकालमा नै ईलामको गाउमा स्कुलखोल्ने पहिलो शिक्षासेवी गौरीलामाको निधन बि स २००९ मा भएको र उनको तेश्रो भन्दा तलका पुस्ताहरु सलकपुमानै रहेका छन् ।

TOP