जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा
Spread the love

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) 

इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रका बिद्यालयमा संचालन गरेको बालबचत खातामा डेढ बर्षको अवधिमा ८८ लाख बढी रकम जम्मा भएको छ ।
बिद्यार्थीले गर्ने फजुल खर्च कटाएर बचत गर्ने बानीको बिकास गर्नका लागि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीको बैंक खाता खोली संचालन गरीएको बाल बचत खातामा डेढ बर्षको अवधिमा ८८ लाख बढी रकम जम्मा भएको हो ।
बिद्यार्थीले दैनिक न्यूनतम पाँच रुपियाँका दरले रकम जम्मा गर्दा २०७९ मंसिर देखि २०८१ असार मसान्त सम्मको डेढ बर्षको अवधिमा सामुदायिक र संस्थागत बिद्यालयमा गरी ८८ लाख ७३ हजार पाँचसय १५ रुपियाँ रकम जम्मा भएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविन पौड्ेलले जानकारी दिनु भयो ।
नगरले बाल बचत खाता संचालन सम्बन्धि कार्यबिधि बनाएर शुरुमा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको बचत गराएको थियो । नगरले गत शैक्षिक सत्रदेखि संस्थागत बिद्यालयका बिद्यार्थीको समेत खाता संचालन गरी बचत कार्यक्रममा सहभागी गराएको छ ।
सूर्योदय नगरपालिकामा ६५ वटा सामुदायिक बिद्यालमा भर्ना भएका दुई हजार छ सय ६५ जना बिद्यार्थी मध्ये दुई हजार चार सय ९० जनाको खाता संचालन गरीएको छ । जसबाट सामुदायिक तर्फ ८५ लाख ८८ हजार चारसय ५० रुपियाँ जम्मा भएको छ । बसाँई सरी आउने तर, कागजी प्रक्रिया पुरा नगरेका कारण केहि बिद्यार्थीको खाता संचालनमा समस्या भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो ।
्नगर भित्रका ३१ वटा संस्थागत बिद्यालयका दुई हजार ३४ जना भर्ना भएका बिद्यार्थी मध्ये सात सय ४७ बिद्यार्थीले मात्र खाता खोलेको पाइएको छ । जसबाट संस्थागततर्फ दुई लाख ८५ हजार ६५ रुपियाँ मात्र रकम जम्मा भएको शाखाले जनाएको छ ।
बिद्यार्थीले नगरको कार्यविधि अनुसार न्यूनत दैनिक पाँच रुपियाका दरले मासिक एक सय ५० रुपियाँ जम्मा गर्ने गरेका छन् भने फजुल खर्च घटाएर त्यो भन्दा बढीकै दरले रकम जम्मा गर्ने गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बाल बचतले बिद्यार्थीलाई नियमित गराउन सहयोग पुगेको छ तर, संस्थागत बिद्यालयले खाता खोलाउने बिषयमा कन्जुस्याई गरेको पाइयो ।’ शाखा प्रमुख भट्टराईले बाल बचत बिद्यार्थीको उच्च शिक्षाको सहयोगी कार्यक्रम भएकाले संस्थागत बिद्यालयमा खाता संचालनका लागि थप पहल थाल्ने बताउनु भयो ।
नगरले कक्षा १२ उत्तीर्ण गरेपछि मात्र खातामा जम्मा भएकोे रकम झिक्न पाउने ब्यवस्था गरेको छ । बचत कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि नगरले प्रत्येक बिद्यालयमा एक जना बाल बचत फोकल शिक्षक तोकेको छ । शुरुमा एक कक्षा देखि पाँच कक्षा सम्मका बिद्यार्थीलाई बचत गराईए पनि अहिले सात कक्षा सम्म उक्त कार्यक्रम संचालन गरीएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बिद्यार्थीको भविश्यलाई मध्यनगर गरी बचत कार्यक्रम संचालन गरीएको जानकारी दिनु भयो । उहाले बिद्यार्थी नियमित गराउने, अविभावकलाई बिद्यार्थी प्रति चासो जगाउने र अविभावकले बिद्यालय प्रति चासो जगाउने भएकाले बचत कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो ।‘शिक्षाको क्षेत्रमा नगरपालिका मात्र सक्रिय भएर हुँदैन, बिद्यार्थी र अविभावक पनि चलायमान बन्नु पर्छ भन्ने हाम्रो मान्यता हो, त्यो काम यो बचत कार्यक्रमले गरेको छ ’नगर प्रमुख राईले भन्नु भयो ।

  • शैक्षिक गुणस्तर सुधारमा लाग्दै प्रविधिमैत्री शिक्षामा जोड दिई रहेको नगरपालिकाको चालु आर्थिक बर्ष २०८१/०८२ को कुल बजेट एक अर्व १० करोड ७५ लाख २४ हजार पाँचसय रुपियाँ मध्ये शिक्षा क्षेत्रमा मात्र ३६ करोड २७ लाख ७० हजार रुपियाँ बिनियोजन गरेको छ । बिनियोजित रकम मध्ये आन्तरिक तर्फ चार करोड ६३ लाख र अन्य शर्सतको रकम रहेको शाखाले जनाएको छ ।
  • नगरले यस शैक्षिक सत्रबाट बिद्यालयको भौतिक निर्माणमा समेत ध्यान दिने भएको छ । आन्तरिक ५० लाख बजेटबाट चालु शैक्षिक सत्रमा गणेश्वरी माध्यमिक बिद्यालयको भवन निर्माण गरीने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको पेशागत बिकास तालिम , बिद्यालय कार्य सम्पादन निर्देशिका २०७८ अनुसार सफट्वेयर मार्फत मुल्याङ्कन कार्यक्रम नगरले संचालन गर्ने भएको छ ।

शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ठ घोषणा भएको नगरपालिकाले बिद्यालयलाई प्रविधिमैत्री बनाउन प्रत्येक बिद्यालयमा इ हाजिरी, कम्प्युटर ल्याव संचालन गरी गणित, बिज्ञान ल्याव स्थापना गर्दै आएको छ । नगर प्रमुख राईले परीक्षाको नतिजा संग अहिलेको लगानीलाई तुलाना गर्ने भन्दा अहिलेको लगानीको प्रतिफल दिर्घकालिन रुपमा देखिने बताउनु भयो ।
नगरले चालु अर्थिक बर्षमा बाल बचत खाता संचालन र ब्यवस्थापनका लागि दुई लाख पचाँस हजार रुपियाँ रकम बिनियोजन गरेको छ । नगरको वडा नं. ८ ले नर्सरी देखि कक्षा पाँच सम्मका बिद्यार्थीको खातामा प्रति बिद्यार्थी पाँच सयका दरले एकमुष्ट रकम जम्मा गर्न अनुदान रकम राखेको छ । गोरखापत्र दैनिकबाट

 

 

 

TOP