इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण – Hamropalika
जीवनशैली कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न अर्थ वाणिज्य सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति अर्थ वाणिज्य चिया निर्यातको बिकल्प खोज्दै सूर्योदयका ब्यवसायी पालिका विशेष शिक्षासेवी गौरीलामाको शालिक अनावरण अर्थ वाणिज्य इलामको सुकिलुम्बा विमानस्थलबाट पुनः हवाई उडान हुने Photo Gallery तिजको लहर आयो बरी लै………. अर्थ वाणिज्य सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा अर्थ वाणिज्य इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण अर्थ वाणिज्य माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण पालिका विशेष इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार
Hamropalika menu advertisement

इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण

  • प्रकाशित मितिः September 13, 2024
  • hamro_palika

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)

स्वीटजल्याण्ड सरकारको सहयोगमा संचालित साना सिंचाई कार्यक्रम अन्र्तगत इलाम र पाँचथरका १४ वटा पालिकमा एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पुग्ने गरी एक अर्व ७० करोड बढीको लागतमा कुुलो निर्माण गरीएको छ ।आर्थिक बर्ष २०८०/०८१ मा साना सिंचाई कार्यक्रमको सहयोगमा तीन तहका सरकार संगको समन्वयमा इलाम जिल्लामा ५९ वटा र पाँचथरमा ३७ वटा गरी ९६ वटा कुलो एक अर्व ७० करोड ८० लाख ३२ हजार ३२ रुपियाँको लागतमा निर्माण सम्पन्न हुँदा एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पुगेको हो ।
स्वीटजल्याण्ड सरकारले संघ , प्रदेश र सथानीय सरकार संगको लागत साझेदारीमा साना किसान, विशेष गरी विपन्न कृषकहरुको कृषि आयमा वृद्घि गरी गरिबी घटाउने लक्ष्यका साथ कुलो निर्माण गर्दै आएको छ । साना सिँचाइ कार्यक्रम दोस्रो चरण संचालन गर्ने सम्बन्धमा नेपाल सरकार र स्वीटजल्याण्ड सरकार बीच २०७७ असार १२ गते द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सहहमती अनुसार स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकारको २० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत , स्थानीय सरकारको २० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत सहभागीता गरी योजनाको काम सम्पन्न भएको साना सिंचाई कार्यक्रमका कलष्टर संयोजक केशब लामाले जानकारी दिनु भयो ।
सम्पन्न योजना अनुसार इलामको सूर्योदय नगरपालिकामा उक्त अवधिमा १० करोड ७८ लाख १८ लाख छ सय १९ रुपियाँको लागतमा १० वटा आयोजना सम्पन्न भई एक सय २२ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्दा तीन सय आड घरधुरी लाभाविन्तत भएका छन । माई नगरपालिकामा ६ करोड ९७ लाख १३ हजार आठ सय ५५ रुपियाँको लागतमा ७ वटा आयोजना सम्पन्न हुँदा एक सय चार हेक्टर जमिनमा सिंचाइृ सुविधा पुगेको छ । उक्त आयोजनाबाट दुई सय ४७ घरपरिवारलाई प्रत्यक्ष फाईदा पुगेको छ । यस्तै इलाम नगरपालिकामा १९ करोड २१ लाख ५० हजार सात सय ४४ रुपियाँको लागतमा ९ वटा कुलो निर्माण हुँदा दुइृ सय ६१ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । उक्त आयोजनाबाट तीन सय ६९ घरधुरीले सिंचाई सुविधा उपभोग गर्न पाएका छन् ।
देउमाई नगरपालिकामा १४ करोड २१ लाख चार हजार चार सय २९ रुपियाँको लागतमा चारवटा आयोजना निर्माण सम्पन्न हुँदा ६५ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । उक्त आयोजनाले एक सय ६५ घरधुरीलाई समेटेको छ । माङसेबुङ गाउँपालिकामा १२ करोड ६३ लाख ५० हजार एक सय आठ रुपियाँको लागतमा आठ वटा आयोजनाको काम सम्पन्न हुँदा ९७ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । आयोजनाबाट दुईसय एक घरधुरीलाई सिंचाइृ सुविधामा सहज भएको छ ।
रोङ गाउँपालिकामा आर्थिक बर्ष २०८०÷०८१ का लागि २१ करोड ५९ लाख ४ हजार सात सय ५३ रुपियाको लागतमा ७ वटा कुलो निर्माण भएको छ । जसबाट ४२ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ भने ११३ घरधुरीमा कुलोले सिंचाईमा सहज भएको छ ।
फाकफोकथुम गाउँपालिकामा चार करोड ४ करोड ४६ लाख पाँच ५० हजार ९० रुपियाँको लागतमा २ वटा कुलो निर्माण हुँदाँ २७ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । जसबाट ७० घरपरिले सिंचाई सुविधा पाएका छन ।
माईजोगमाइ गाउँपालिकामा सात करोड ७८ लाख १६ हजार आठ सय नौ रुपियाँको लागतमा छ वटा कुलो सम्पन्न हुँदा एक सय ६८ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । उक्त आयोजनाले तीन सय ५८ परिवारलाई सिंचाईमा सहज भएको छ ।
सन्दकपुर गाउँपालिकामा १२ करोड १४ लाख ६२ हजार नौ सय ७२ रुपियाँ लागतमा ६ वटा आयोजना सम्पन्न हुँदा एक सय १३ हेक्टर जमिनमा सिंचाइृ सुविधा पुगेको छ । जसबाट दुई सय ३९ परिवारले सिंचाई सुविधा पाएका छन् ।
पाँचथरका पाँच पालिकमा २५ करोड ९० लाख ८५ हजार एक सय ४७ रुपियाँको लागतमा ७७६ हेक्टर क्षेत्रफलमा सिंचाइृ सुविधा पुगने गरी कुलो निर्माण गरीएको छ । कलष्टर संयोजक लामाका अनुसार मिक्लाजुङ गाउँपालिकामा छ करोड ७९ लाख ८५ हजार सात सय १२ रुपियाँको लागतमा एक सय ७६ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्दा तस्न सय ९५ घरधुरी सिंचाई सुविधाबाट लाभान्तित भएका छन ।फाल्गुनन्दगाउँपालिकामा पाँच करोड ६९ लाख ८० हजार सात सय २५ रुपियाँको लागतमा दुई सय ४० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने गरी कुरो निर्माण गर्दा छ सय १३ परिवारले सिंचाई सुधिा उपभोग गर्न पाएका छन् ।
फिदिम नगरपालिकामा चार करोड २३ लाख सात हजार ५४ रुपियाँको लागतमा ९९ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने गरी कुलो निर्माण गर्दा दुई सय २१ घर परिवारले सिंचाई सुविधा उपभोग गर्न पाएका छन । याङवरक गाउँपालिकामा पाँच करोड ७८ लाख ९५ हजार चार सय १० रुपियाको लागतमा १२३ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने गरी निर्माण गरीएको कुलोले १८९ घरपरिवारले सिंचाई सुविधा उपभोग गर्न पाएका छन । पाँचथरकै फालेलुङ गाउँपालिकामा सात करोड ४१ लाख ७५ हजार नौ सय ८८ रुपियाँको लागतमा कुलो निर्माण गर्दा एक सय ३८ हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पुगेको छ । उक्त कुलोबाट तस्न सय ९४ घरपरिवारले सिंचाई सुविधा पाएका छन् ।
माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले साना सिंचाई आयोजनाले गरेको कुलो निर्माणले ग्रामिण भेगका किसानलाई सिंचाई सहज भएको जानकारी दिनु भयो । उहाले उपभोक्ता मार्फत गरीने काम भएकाले मितब्ययी र गुणस्तरीय काम हुने गरेको बताउदै पालिकाले समेत साना सिंचाईका कामको अनुसरण गर्न योग्य रहेको जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राइले दिगो लक्ष्यका साथ कुलो निर्माण भएको बताउनु भयो । उहाले भन्नु भयो‘साना सिंचाई परियोजनाको काम गराई अत्यान्तै सराहनीय छ, स्थानीय पालिकाहरुले यो परियोजनाबाट दिगो लक्ष्यका साथ काम गर्न धेरै सिक्नु पर्ने छ ।’
कलष्टर संयोजक लामाका अनुसार आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि इलाम र पाँचथरमा बजेट बिनियोजन गरीएको छ ।
साना सिंचाई कार्यक्रम हाल कोशी प्रदेशका मध्य पहाडी क्षेत्रका आठ वटा जिल्लाका ५९ वटा स्थानीय पालिकामा कार्यरत रहेको छ ।

 

TOP