जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

संबिधान दिवसको अवसरमा सूर्योदयको कन्याम देखि फिक्कल सम्म म्याराथन

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
संबिधान दिवसको अवसरमा सूर्योदयको कन्याम देखि फिक्कल सम्म म्याराथन

फिक्कलः संविधान दिवस—२०७७ को अवसरमा इलामको सूर्योदय नगरपालिकामा शनिबार म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको गरिएको छ संबिधान दिवसको अवसरमा नगरपालिकाले सूर्योदय नगरपालिकाको पर्यटकीय स्थल कन्याम देखि फिक्कल सम्म म्याराथुन दौड प्रतियोगिता गराएको हो ।
कोरोना भाईरस (कोभिड १९)को संक्रमण पछि लामो समय लकडाउनमा परेका नगरबासीको कार्यक्रममा बाक्लो उपस्थिति रहेको चियो । संबिधानका सदस्या सूर्यवाला राई र नगर प्रमुख रणबहादुर राईले नेपालको राष्ट्रिय झण्डा हल्लाएर दौड प्रतियोगिताको शुरु गरेका थिए ।
दौड प्रतियोगितमा खुल्ला तर्फ रुपेन राई प्रथम , गणेश राई दितिय, संचमान राई त्रितिय, सलोक गुरुङ चौथो र नसिप राई पाँचौ भएका थिए । यस्तै ४० बर्ष माथिका भेट्रान तर्फ संजिव कार्की प्रथम , नविन खतिवडा दितिय र राजकुमार प्रधान त्रितिय भएका थिए ।
यस्तै महिला तर्फ मनिता घले प्रथम, भावना राई दितीय र पुष्पा लेप्चा त्रितीय भएका थिए ।
दौडमा उत्कृष्ठ हुनेलाई संबिधान सभा सदस्य सूर्यवाला राई , नगर प्रमुख रणबहादु राई, नगर उप प्रमुख दुर्गादेवी भट्टराईले नगद सहित प्रमाण पत्र वितरण गरेका थिए ।

संबिधान कार्यान्वयन गर्दै तीनै तहका सरकार


फिक्कल चोकमा आयोजना गरिएको कार्यक्रममा संम्बोधन गर्दै संबिधान सभा सदस्य सूर्यवाला राईले जनताको वलीदानीका कारण आएको संबिधानको रक्षा गर्नु सबैको दायीत्व भएको बचताउनु भयो । उहाले २०७२ साल असोज ३ गते संबिधान जारी भएको दिन सम्झदै ठूलो त्याग तपस्या र राज्यको लगानीमा जारी गरिएको संबिधान तीनै चरणका सरकार कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘संबिधान कार्यान्यवनको चरणमा छ, यसलाई सार्थक पार्न सबै लाग्नु पर्छ ।’ उहाले राज्यको ठूलो जनशक्ति र लगानी भएको संबिधान जनताकै चाहाना अनुसार बनाईएको दावी गर्नु भयो ।
सूर्योदयन गरपालिकाका प्रमुख रणबहादुर राईले संबिधान दिवसको सबैमा शुभकामना दिदै संबिधान कार्यान्वयनमा सबै नागरिकको दायीत्व हुने बताउनु भयो । नगर प्रमुख राईले समय संगै बिकासका चरण अगाडी बढदै जादा जनताले संबिधान कार्यान्वयनको अनुभुती गर्दै जाने बताउनु भयो ।
नगर उप प्रमुख दुर्गादेवि भट्टराईले संबिधानमा महिला, पिछडएका बर्गको अधिकार सुनिश्चित भएकाले संबिधान कार्यान्वयन संगै अधिकार स्थापित बन्दै जाने बताउनु भयो । कार्यक्रममा पार्टी प्रतिनिधि ,नगरका कर्मचारी , प्रहरी , सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।
नगरमा यस अघि हिजो साझ दिप प्रजव्लन गरिएको थियो । संबिधान दिवसको अवसरमा आज दिउसो ३ बजे एक दिवसीय फुटसल खेलको आयोजना गरिएको छ । संबिधान दिवसको अवसरमा इलामका १० वटै स्थानीय तहले बिभिन्न कार्यक्रम गरिरहेका छन ।

TOP