जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको सूर्योदय नगर क्षेत्रमा ५१ हजार बिरुवा रोपीयो

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदय नगर क्षेत्रमा ५१ हजार बिरुवा रोपीयो

फिक्कल: इलामको सूर्योदयकाले नगरलाई हरीयाली बनाउनका लागि यस बर्ष नगर क्षेत्रभित्र बिभिन्न प्रजातिका ५१ हजार बिरुवा रोपीएको छ ।
बिभिन्न ठाउँबाट बिरुवा ल्याएर नगरपालिकाले सामुदायिक बन, सार्वजनिक स्थल टोल बिकास संस्था , कार्यालय परिसर र बिभिन्न संघ संस्था मार्फत ५१ हजार बिरुवा रोपीएको हो ।
नगरले बिभिन्न ठाउँबाट खरीद गरी ल्याएका बिरुवा निशुल्क रुपमा बितरण गरी नगर क्षेत्र भित्र रोपीएको नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बुले जानकारी दिनु भयो ।
उहाका अनुसार नगरले चाँप , गुरास सहित कागती, सुन्तला लगायतका बिरुवा रोपेको छ । शाखा संयोजक लिम्बुले रोपण गरीएका बोट बिरुवाको संरक्षणका लागि झोडा फडान र संरक्षण योजना बनाएर बजेटको ब्यवस्थापन गर्नु पर्ने बताउनु भयो । संयोजक लिम्बुले भननु भयो‘संरक्षणको काम नगरले मात्र गरेर हुँदैन ब्यक्ति पनि त्यतिकै सक्रिय बन्नु पर्दछ ।
नगरले नगर क्षेत्रलाई हरीयाली बनाउनका लागि बिगतका बर्ष देखि बिरुवा रोप्ने काम गर्दै आए पनि संरक्षणको काम भने भएको पाइदैन । नगरले पर्यटकीय क्षेत्र अन्तु , कन्याम , गोर्खेको थुम्के लगायतका स्थानमा चाप, गुरास प्रजातिका बिरुवा रोप्दै आएको छ ।
नगर प्रमुख रण बहादुर राईले नीजि जमिनमा समेत बोट बिरुवा मासिदै गएकाले नगरले सामुदायिक बन सहित सार्वजनिक जमिनलाई हराभरा बनाउनका लागि नगरले योजना बनाएर बिरुपा रोप्ने कार्य गरीरहेको जानकारी दिनु भयो । पछिल्लो समय गोलिया बिक्रीबितरणका कारण नीजि जमिनमा समेट बनजंगल मासिदै गएको छ । नगर प्रमुख राईले भन्नु भयो‘वातावरण जोगाई राख्न र हरीयाली नगर बनाउने हाम्रो अभियान हो।’ नगरपालिकाले स्थानीयलाई समेत फलफुल र घासका बिरुवा बितरण गर्दै आएको छ ।

 

TOP