प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामको सोयाङका रामकुमार श्रेष्ठ पाँचदिन देखि बेपत्ता

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इलामको सोयाङका रामकुमार श्रेष्ठ पाँचदिन देखि बेपत्ता

फिक्कल: इलामको माईजोगमाई गाउँपालिका वडा नंबर ५ सोयाङका राम कुमार श्रेष्ठ बिगत पाँच दिन देखि बेपत्ता हुँनु भएको छ ।
५७ बर्षीय श्रेष्ठ बेपत्ता हुनु भए पछि सबै तिर खोजी भैरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
शुक्रबार बेलुका खाना खाएर सुत्नु भएका श्रेष्ठ शनिबार बिहान परिवारका सदस्यलाई केहि जानकारी नदिई घरबाट हिड्नु भएको थियो । परिवारले गाउँमा बुझदा कतै फेला नपारेपछि उक्त दिन नै इलाका प्रहरी कार्यालय नयाँबजारमा खोजी कार्यका लागि निवेदन दिएको जनाएको छ ।
प्रहरी सहित स्थानीयले त्यस क्षेत्रका गाउँ , जंगल सबै ठाउमा खोजी गरीसकेको छ । श्रेष्ठका आफन्त(सालो)मणिकुमार श्रेष्ठले सबैलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्नु भयो । माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले हराएका श्रेष्ठको खोजीका लागि पालिकाले समेत पहल गरीरहेको जानकारी दिनु भयो ।

 

TOP