जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङका सामुदायिक बिद्यालयमा अभिभावक पढ्दै,बिद्यार्थी घरको काम सिक्दै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङका सामुदायिक बिद्यालयमा अभिभावक पढ्दै,बिद्यार्थी घरको काम सिक्दै

फिक्कल: इलामको रोङ गाउँपालिका ३ की बिष्णुकुमारी गुरुङ उमेरले ६५ बर्ष पुग्नु भयो । बिष्णुमाया ६५ बर्षको उमेरमा कापी र कलम बोकेर बिद्यालयमा पढ्न जानु हुन्छ । ‘उमेरमा आफुले पढन नपाएर अहिले पछुताउनु परेको छ, नाती नातीनिका लागि अहिले आफै बिद्यालय धाउदै छु’बिष्णुमायाले भन्नु भयो। गाउँपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रत्येक महिनामा एक पटक अविभावक पढ्नका लागि बिद्यालय आउनै पर्ने ब्यवस्था गरेपछि बिष्णुमाया घरका सबै काम छोडेर पढ्न आउन थाल्नु भएको हो । बिष्णुमाया जस्तै रोङ ३ कै दिर्घमाया भुजेल पनि महिनामा एक पटक बिद्यालयमा पढ्न आउनु हुन्छ । दिर्घमाया भन्नु हुन्छ‘बिद्यालय आएर पढ्न थाले पछि नानीहरुको अवस्था कस्तो छ भन्ने थाहा हुन थालेको छ ।’अहिले उहाहरु मात्र होईन रोङका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अविभावक प्रत्येक महिनाको एक दिन बिद्यालयमा पढ्न जान थालेका छन्। जुन दिन कक्षा ८ माथीका बिद्यार्थी घरमा बस्छन र अविभावकले गर्ने काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो ।
शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभई अभिभावकको पनि हुने भएकाले अभिभावक पढाउँने कार्यक्रमको थालनी पालिकाले गरेको जनाएको छ । ‘अविभावकलाई आफना नानीहरुको पढाइको अवस्था बुझन दिने र बिद्यार्थीलाई ब्यवहारिक बनाउन घरको काम सिकाउने प्रयास पालिकाले गरेको हो ।’अध्यक्ष स्याङबोले भन्नु भयो।

सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम शुरुआत पालिकाले गरेको छ । अभियानमार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकार गरी चार खम्बे नीति कार्यान्वयन गर्ने, अध्यक्षसँग विद्यार्थी कार्यक्रममार्फत विद्यालयमा आधारित उद्यमशीलता विकास गर्ने, प्रविधिमैत्री शिक्षण तथा एकीकृत अनुगमन प्रणालीको कार्यान्वयन गर्न र शिक्षक, कर्मचारी तथा सामुदायिक विद्यालयको क्षमता विकास गरी शिक्षा प्रतिको अपनत्व विकास गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताउनु भयो । विद्यालयको सुरक्षित र गुणस्तरीय भौतिक पूर्वाधार, प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माण र खेलकुद कार्यक्रम गर्न अभियान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै सामुदायिक विद्यालयको आन्तरिक स्रोतमा वृद्धि गर्ने योजना समेत ल्याइएको अध्यक्ष स्याङ्बोले बताउनु भयो । बिद्यालयको स्रोत जुटाउनका लागि बिद्यालयका खाली जमिनमा चिया, बास तथा फफुलका बिरुवा रोपण गरिदै आएको छ ।
गाउँपालिकाका ३० वटा सामुदायिक बिद्यालयमा अहिले दुई हजार चार सय बिद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनु भयो । पालिकाले यस पटक १३ वटा माध्यमिक बिद्यालयका पाँच सय ५० जना अविभावकलाई बिद्यालय शिक्षाबारे पढाएको छ । पालिकाले बिद्यालय शिक्षकलाई यस अघि सहजकर्ताको रुपमा छनौट गरी तालिम दिएको थियो ।
गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले अविभावक शिक्षाले बिद्यार्थीको अवस्था छलङ्ग पारेको बताउनु भयो । उहाले नीजि बिद्यालय र सामुदायिक बिच अविभावकमै खाडल रहेको बताउनु भयो । उपाध्यक्ष खवासले भन्नु भयो‘सामुदायिक बिद्यालय आउने बच्चा खाना सम्म नखाई आउछन , अनि कसरी पढनु, अविभावकले बच्चाका लागि समय दिनु पर्छ ।’ उहाले नीजि बिद्यालय पढाउने अविभावक खाजा बोकेर बिद्यालय जाने गरे पनि सामुदायिक बिद्यालयका अविभावक एक दिन बिद्यालय आउन समेत अल्छि गर्ने गरेको बताउनु भयो ।
सहजकर्ता लोकमाया चौलागाईले अविभावक शिक्षाले बिद्यार्थीलाई नियमित गराउन सहयोग पुगेको बताउनु भयो । उहाले भन्नु भयो‘यो शिक्षा मार्फत अविभावकले बिद्यार्थीको ब्यक्तिगत चाहाना, शिक्षा, स्वास्थ्यका बारेमा बुझन जरुरी छ ।’
पालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा, एक रुपियाँ बचत अभियान, अध्यक्षसंग बिद्यार्थी कार्यक्रम संचालन गरी स्थानीय पाठ्यक्रम समेत लागु गरेको छ । पालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा दुई करोड ५० लाख रुपिया बिनियोजन गरेको अध्यक्ष स्याङबोले जानकारी दिनु भयो ।

 

 

 

TOP