जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

चुलाचुली गाउँपालिका-५ ‘बालमैत्री वडा घोषणा’

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
चुलाचुली गाउँपालिका-५ ‘बालमैत्री वडा घोषणा’

इलाम :  इलामको चुलाचुली गाउँपालिका(५ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निदिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पार गरेपछि वडालाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको हो ।

बुधबार वडा कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर रानाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । यसअघि चुलाचुली गाउँपालिका(३ लाई मङ्गलबार मात्र ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको थियो ।बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिताको अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्यप्रक्रिया व्यवहारमा संस्थागत गरेकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष वविन वान्तवाले बताए ।

वडाले बाल अधिकारसँग सम्बन्धित बाल बचाउका क्षेत्रमा १४, बाल संरक्षणका क्षेत्रमा १०, बाल विकासका क्षेत्रमा छ, बाल सहभागिताका क्षेत्रमा छ र संस्थागत विकासको क्षेत्रमा १५ गरी ५१ वटा सूचकहरु पूरा गरेको उनले बताए । उनले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक सूचकहरु पूरा गर्न वडास्थित विद्यालय, बालक्लब र बाल सञ्जाल, नागरिक समाज, राजनैतिक दल, टोल विकास संस्था, सञ्चारकर्मीलगायत सरोकारवालाहरु सबैको महत्वपूर्ण योगदान रहेको बताए ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आगामी वर्षसम्ममा पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने गरी अघि बढिएको बताए । बालबालिकाको ‍चौतर्फी विकासका लागि गाउँपालिकाले ठोस योजनासहित बजेट तर्जुमा गर्ने बताए । उपाध्यक्ष दिलकुमारी लिम्बूले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको बताइन् । निवर्तमान गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राइले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभन्दा कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिका अझ जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
सो वडालाई बालमैत्री बनाउन सङ्कल्प नेपालले प्राविधिक सहयोग गरेको थियो ।नयाँ बुलन्द

TOP