पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

चुलाचुली गाउँपालिका-५ ‘बालमैत्री वडा घोषणा’

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
चुलाचुली गाउँपालिका-५ ‘बालमैत्री वडा घोषणा’

इलाम :  इलामको चुलाचुली गाउँपालिका(५ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निदिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पार गरेपछि वडालाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको हो ।

बुधबार वडा कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर रानाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । यसअघि चुलाचुली गाउँपालिका(३ लाई मङ्गलबार मात्र ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको थियो ।बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिताको अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्यप्रक्रिया व्यवहारमा संस्थागत गरेकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष वविन वान्तवाले बताए ।

वडाले बाल अधिकारसँग सम्बन्धित बाल बचाउका क्षेत्रमा १४, बाल संरक्षणका क्षेत्रमा १०, बाल विकासका क्षेत्रमा छ, बाल सहभागिताका क्षेत्रमा छ र संस्थागत विकासको क्षेत्रमा १५ गरी ५१ वटा सूचकहरु पूरा गरेको उनले बताए । उनले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक सूचकहरु पूरा गर्न वडास्थित विद्यालय, बालक्लब र बाल सञ्जाल, नागरिक समाज, राजनैतिक दल, टोल विकास संस्था, सञ्चारकर्मीलगायत सरोकारवालाहरु सबैको महत्वपूर्ण योगदान रहेको बताए ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आगामी वर्षसम्ममा पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने गरी अघि बढिएको बताए । बालबालिकाको ‍चौतर्फी विकासका लागि गाउँपालिकाले ठोस योजनासहित बजेट तर्जुमा गर्ने बताए । उपाध्यक्ष दिलकुमारी लिम्बूले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको बताइन् । निवर्तमान गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राइले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभन्दा कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिका अझ जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
सो वडालाई बालमैत्री बनाउन सङ्कल्प नेपालले प्राविधिक सहयोग गरेको थियो ।नयाँ बुलन्द

TOP