अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

पशुपतिनगरमा महिला प्रहरी आवास गृहको निर्माण

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा महिला प्रहरी आवास गृहको निर्माण

फिक्कल: इलामको पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरीएको आवास गृहको उद्घाटन गरीएको छ ।
कोशी प्रदेश सरकारको ३८ लाख ११ हजार पाँच सय ९० रुपियाँको लागतमा एक तले महिला प्रहरी आवास गृहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले उद्घाटन गर्नु भएको हो । प्रदेश सरकारको लगानी तथा कोशी प्रदेश प्रहरी प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाको समन्वयमा ६५ बर्गमिटर क्षेत्रफल भएको आवास गृह, भान्सा घर र चौचालय निर्माण गरीएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु बहादुर खड्काले जानकारी दिनु भयो ।
भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक खापुङले सेवा बिस्तार संगै जनमुखी भएर काम गर्न प्रहरी कर्मचारीलाइृ निर्देशन दिनु भयो । उहाले प्रहरीले समयाअनुकुल आफु परिमार्जित भएर नागरिकलाई जनअपेक्षा अनुरुप काम गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘भौतिक पूर्वाधारमा अझै धेरै ठाउमा समस्या छन, क्रमश सुधार गर्दै लैजानु पर्दछ ।’
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेपाल भारत सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयलाई थप ब्यवस्थित बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले प्रहरीले नागरिकका समस्या बुझेर काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा भारतको पश्चिम बंगाल प्रहरी प्रमुख बिवेक क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक प्रभु ढकालले इलाम जिल्लाभर ७१ जना महिला प्रहरी कार्यरत रहेको जानकारी दिनु भयो । उहाले महिला भवन निर्माणले महिला प्रहरीका लागि आवासमा सहज भएको जानकारी दिनु भयो । उहाले सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमको संचालन प्रहरी कर्मचारी बिजय मुकारुङ राईले गर्नु भएको थियो ।

TOP