जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रोङका बिद्यालयमा एक रुपियाँ बचत अभियान प्रभावकारी बन्दै

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
रोङका बिद्यालयमा एक रुपियाँ बचत अभियान प्रभावकारी बन्दै

फिक्कल: इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा संचालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गते देखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्त सम्ममा प्रति बिद्यार्थी एक रुपियाँका दरले जम्मा गर्दा १९ लाख छ हजार चार सय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

बचतको ग्राफ-


अध्यक्ष संग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० लाख असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्नका लागि प्राईम कमर्सियल बैक संग दोहोरो सम्झौता गरी एक हजार आठ सय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । २०८१ असार मसान्त सम्मको आठ महिनाको अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सात सय ६१ रुपयाँ र बैंकको तर्फबाट प्रति बिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौ सय रुपियाँ जम्मा भएको छ । बैंकले बिद्यार्थीको खाता खोल्दा एक पटक प्रति बिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ । अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ ।
बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सर्फटवेयर बनाएको छ । रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुँने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनु भयो । सफटवेयरमै हेर्न सकिने भए पछि अनुगमनमा जानु पर्ने झन्झट समेत नरहेको उहाले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बचत अभियानले बिद्यार्थीलाई नियमित समेत गराएको छ।

बिद्यार्थीको ग्राफ –


गाउँपालिका अध्यक्ष स्याङबोले बिद्यार्थीहरुमा फजुल खर्च गर्ने बानी हटाएर बचत गर्ने बानीको बिकास गर्नका लागि एक रुपियाँ बचत अभियान संचालन गरीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘यो कार्यक्रम शुरु भए पछि अविभावक र बिद्यार्थी उत्साहित भएर फजुल खर्च घटाएर बचत गर्न थालेका छन्।’ अध्यक्ष स्याङबोले बिद्यार्थीले उच्च शिक्षा हासिल गरीसक्दा निक्कै रकम जम्मा हुँने र उक्त रकमले थप अध्ययन अथवा उद्यमममा जोडिन बिद्यार्थीलाई सहयोग पुग्ने बताउनु भयो । ‘एक रुपियाँका दरले मासिक ३० रुपियाँ भए पनि बिद्यार्थीले पाँचसय एक हजार सम्म जम्मा गर्ने गरेका छन ’पालिका अध्यक्ष स्याङबोले भन्नु भयो ।
पालिकाले अबको दस बर्षमा रोङ बिद्यार्थीलाई उच्च शिक्षाको लागि आर्थिक अभाब मुक्त गराउने योजना बनाएको जनाएको छ । ‘हामिले यहि समस्या भोगेर आयौ, नितिगत तहमा बस्दा शिक्षाको अवस्था सुर्धानु हामी जनप्रतिनिधिको पहिलो प्राथमिकता हो र गरिरहेका छौ’ अध्यक्ष स्याङबोले भन्नु भयो । उहाले यो छात्रवृत्तिको उपयुक्त बिकल्प भएको बताउदै तीन तहको सरकारले हाल छात्रवृत्तिमा गरेको खर्चलाई रोकेर बचत प्रणालीमा लगानी गर्ने हो भने दस बर्षमा उच्च शिक्षामा आर्थिक अभाब देशभर समाधान गर्न सकिने भएकाले सरकारको ध्यान पुग्नु पर्ने बताउनु भयो ।

पालिकाको कार्यविधि अनुसार बिद्यार्थीले उक्त खातामा आजिवन रकम जम्मा गर्न सक्छन । उच्च शिक्षा हासिल गरीसकेपछि रकम झिक्नु पर्ने भएमा पालिकाको सिफारिसमा रकम झिक्न सक्ने ब्यवस्था गरीएको छ ।
बचत अभियानले अविभावकलाई उत्साहि बनाएको रोङ ६ को सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनु भयो ।
रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन । पालिका भित्र बैंक खाता संचालन गर्दा दुई हजार दुई सय ५३ जना बिद्यार्थी थिए भने अहिले एक सय १२ जना थपीएका छन । पालिकाले बिद्यालयमा आईसीटि शिक्षा अन्र्तगत नौ वटा माध्यमिक बिद्यालयमा सीसी टिभी सीसी र इलेक्ट्रोनिक हाजीरी र ल्याव स्थापन गरेको छ । अविभावक शिक्षा लागु गरेको पालिकाले प्रत्येक महिनाको २५ गते अविभावक पढाउने गरेको छ । उक्त दिन बिद्यार्थी घरमा बसेर बसेर अविभावकले गर्ने काम गर्छन भने अविभावक पढन जाने गरेका छन् । पालिकाले सामाजिक बिकासका क्षेत्रमा आर्थिक बर्ष २०८१÷०८२ कालागि लागि बढी रकम बिनियोजन गरेको जनाएको छ ।

TOP