जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कल अस्पतालमा अत्यधुनिक मेसीन जडान,१५ मिनेटमै ल्याब रिर्पोट

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
फिक्कल अस्पतालमा अत्यधुनिक मेसीन जडान,१५ मिनेटमै ल्याब रिर्पोट

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा फुल्ली अटोमेटीक बायोक्यामेस्टी एनालाईजर मेसीन जडान जडान गरीएको छ । नगरले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी अत्यान्तै छिटो परीक्षण रिर्पोट दिने गरीको फुल्ली अटोमेटीक बायोक्यामेस्टी एनालाईजर मेसीन जडान जडान गरीएको हो ।
सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार मेसीन खरिद गरी अस्पताललाई शुक्रबार हस्तान्तरण गरीएको हो । मेसीन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रण बहादुर राई , नगर उप प्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय मिलन भट्टराई लगायतको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त उक्ते मेशीनको टेष्ट रिर्पोटको मान्यता शत प्रतिशत रहेको छ । उक्त मेसीन नेपालमै पहिलो पटक फिक्कल अस्पतालमा जडान गरीएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । उक्त मेसीन जडान भए पछि जुनसुकै ल्यावको रिर्पोट सेसीन चालु भएको १५ मिनेटमा र त्यस पछिको रिर्पोट प्रत्येक १५÷१५ सेकेण्डमा प्राप्त गर्न सकिने शाखा प्रमुख अधिकारीले जानकारी दिनु भयो ।


जापानीज कम्पनीको बायोलिस ३० आई फुल अटोमेटिक बायो केमीकल एनालाईजर मेसीनको मुल्य बजारमा भारीय रुपियाँ ४५ लाख रहेको छ । उक्त मेसीनबाट आए.एफ.टी, एल.एफ.टी लिपिट प्रोफाईल लगायत २३० प्रकारको टेष्ट गर्न सकिने जनाईएको छ । उक्त मेसीनले एक दिनमा एक हजार पाँच सय जनाको परीक्षण गरी तत्काल रिर्पोट दिन सकिने जनाईएको छ । शाखा प्रमुख अधिकारीले दुई तिन घण्टा पर्खेर लिनु पर्ने रिर्पोट अव बढीमा २० मिनेटमा पाईने भएपछि सेवाग्राहीलाई सहज हुने बताउनु भयो । उहाले भन्नु भयो ‘यो अटोमेटीक मेसीन भएकाले रिर्पोटमा कुनै तलमाथी आउदैन, यहाँको रिर्पोट जहा गए पनि भ्यालिड हुन्छ ।’


नगर प्रमुख रण बहादुर राईले नगरबासीले अन्यत्र गएर महंगो खर्च तिरेर उपचार गर्नु नपरोस भनेर नगरले नयाँ प्रविधिको मेसीन जडान गरीएको जानकारी दिनु भयो । ‘यो मेसीन जडान भएपछि नगरबासीको समय र पैसा अव दुबै बचत हुन्छ ।’उहाले स्वास्थ्य र शिक्षामा नगरले बिशेष ध्यान दिएर काम गरीरहेको जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेपछि अहिले दैनिक दुई सय देखि तीन सय ५० जना सम्म बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका प्रशासन प्रमुख जनस्वास्थ्य निरीक्षक फाजुङ भोटेले जानकारी दिनु भयो । अस्पतालमा हाल २४ घण्टे आकस्मिक सेवा, ल्याव सेवा , प्रसुती सेवा एम्बुलेन्स सेवा लगायत बिभिन्न सेवा संचालन हुँदै आएको छ । १५ शैयाको नगर अस्पताल हाल निर्माण भैरहेको छ । नगरका इन्जिनियर आशिष सुवेदीका अनुसार २०८१ माघ २० गते भित्रमा सम्पन्न हुने गरी १२ करोड ५५ लाखमा ठेक्का लागेको भवनको ६५ प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त अस्पताल मार्फत नगरले बिपन्न सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा , बिपन्न नागरिकलाई १० प्रतिशत छुटको ब्यवस्था गरेको छ । नगरले आगामी आर्थिक बर्षको बजेटमा अस्पताल संग साझेदारीको कार्यक्रम संचालन गर्नका लागि समेत बजेटको बिनियोजन गरेको छ ।

 

TOP