जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा चालु आर्थिक वर्षमा ८८.३८ प्रतिशत खर्च

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा चालु आर्थिक वर्षमा ८८.३८ प्रतिशत खर्च

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको वर्खे अधिवेशन सम्पन्न भएको छ । गत वैशाख ७ गतेबाट शुरु भएको १५ औं अधिवेशन मंगलबार सम्पन्न भएको हो । मंगलबार बसेको अधिवेशनको छैटौं वैठकले स्थानीय वनको प्रवर्द्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ , नगर सडक यातायात गुरुयोजना पुनरावलोकन सम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र (२०२४–३०) र विपद उत्थानशील योजना पारित गरेको छ ।
नगरसभाको वर्षे अधिवेशनबाट नीति कार्यक्रम, आगामी वर्षको बार्षिक बजेट, न्यायिक समितिले उजुरीको कारबाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ समेत पारित गरेको छ ।
नगर सभाको अधिवेशन अन्त्य गर्दै नगर प्रमुख रण बहादुर राईले नगरको विकासका लागि सबैले पहल र साझेदारी गर्नु पर्ने बताउनु भयो । उहाले सूर्योदय नगरपालिका अन्य पालिकाको लागि सिकाइको थलो बन्दै गएकाले नमूना नगर बन्ने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीको ध्यानाकर्षण गराउनु भयो ।
यस अधिवेशनले सूर्योदय नगरपालिकाको आगामी वर्षको लागि १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय रुपियाँको वार्षिक बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको समाप्ति सँगै सूर्योदय नगरपालिकाले कुल वार्षिक बजेटको ८८.३८ प्रतिशत खर्च गरेको छ । कूल १ अर्ब ९ करोड ५८ लाख ७५ हजार ७८१ वार्षिक बजेटमध्ये ९६ करोड ८५ लाख ६८ हजार ५९४.२४ खर्च गरेको छ । चालु खर्चका लागि ६९ करोड ८३ लाख ७५ हजार १७० विनियोजन मध्ये. ६१ करोड ६० लाख ७८ हजार ९८९.१६ अर्थात् ८८.२२% खर्च भएको छ। त्यस्तै पूंजीगत खर्चका लागि ३९ करोड ७५ लाख ७६४ विनियोजन मध्ये ३५ करोड २४ लाख ८९ हजार ६०५.०८ अर्थात ८८.६८% खर्च भएको छ । यस वर्षको बजेट गत असार २०८० को १३ औं अधिवेशनबाट पारित भएको हो ।

TOP