फिक्कल: न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्यांकनको नजिता अनुसार इलाम जिल्लाका स्वास्थ्य चौकी मध्ये सूर्योदय नगरपालिकाको अन्तु स्वास्थ्य चौकी उत्कृष्ठ (प्रथम) भएको छ ।
स्वास्थ्य कार्यालय इलामले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला भरका स्वास्थ्य संस्था मध्ये ९३% (प्रतिशत) अंक सहित अन्तु स्वास्थ्य चौकी उत्कृष्ठ (प्रथम) भएको हो । न्यूनतम सेवा मापदण्ड अनुसार नगरले गरेको सर्वेक्षणमा प्रथम भएको अन्तु स्वाथ्य चौकी स्वास्थ्य कार्यालयको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्यांकनको नजितामा पनि जिल्लाकै प्रथम भएको हो । नगरका १४ स्वास्थ्य संस्था मध्ये अन्तु स्वास्थ्य चौकी बिगत देखि नै सेवा प्रवाहमा उत्कृष्ठ हुँदै आएको नगरका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो ।
अन्तु स्वास्थ्य चौकीका प्रमुख लवकुमार घिमिरेले नागरिकलाई दिईने सेवामा कुनै कमी नगरेको जानकारी दिनु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले पोषणामैत्री नगर निर्माणका लागि नगरपालिका जुटेको जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरे अनुसार सूर्योदयको अन्तु स्वास्थ्य चौकी ९३% (प्रतिशत) अंक सहित प्रथम , माई नगरको महमाई स्वास्थ्य चौकी ७९% (प्रतिशत) अंक सहित दोस्रो र रोङको इरौटार स्वास्थ्य चौकी ७८% (प्रतिशत) अंक सहित तेस्रो भएका छन् । बिभिन्न सूचकका आधारमा स्वास्थ्य संस्थाको छनौट गरीएको स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनु भयो । प्रमुख शाक्याका अनुसार शुसासन ब्यवस्थापनमा २० प्रतिशत , क्ल्नििकल सेवामा ६० प्रतिशत र सहयोग ब्यवस्थापनमा २० प्रतिशत अंक गरी १०० प्रतिसतका आधारमा सर्वेक्षण गरीएको थियो । जिल्लामा ४२ वटा स्वास्थ्य चौकी रहेका छन् ।