जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ

फिक्कल: न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्यांकनको नजिता अनुसार इलाम जिल्लाका स्वास्थ्य चौकी मध्ये सूर्योदय नगरपालिकाको अन्तु स्वास्थ्य चौकी उत्कृष्ठ (प्रथम) भएको छ ।
स्वास्थ्य कार्यालय इलामले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला भरका स्वास्थ्य संस्था मध्ये ९३% (प्रतिशत) अंक सहित अन्तु स्वास्थ्य चौकी उत्कृष्ठ (प्रथम) भएको हो । न्यूनतम सेवा मापदण्ड अनुसार नगरले गरेको सर्वेक्षणमा प्रथम भएको अन्तु स्वाथ्य चौकी स्वास्थ्य कार्यालयको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्यांकनको नजितामा पनि जिल्लाकै प्रथम भएको हो । नगरका १४ स्वास्थ्य संस्था मध्ये अन्तु स्वास्थ्य चौकी बिगत देखि नै सेवा प्रवाहमा उत्कृष्ठ हुँदै आएको नगरका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो ।
अन्तु स्वास्थ्य चौकीका प्रमुख लवकुमार घिमिरेले नागरिकलाई दिईने सेवामा कुनै कमी नगरेको जानकारी दिनु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले पोषणामैत्री नगर निर्माणका लागि नगरपालिका जुटेको जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरे अनुसार सूर्योदयको अन्तु स्वास्थ्य चौकी ९३% (प्रतिशत) अंक सहित प्रथम , माई नगरको महमाई स्वास्थ्य चौकी ७९% (प्रतिशत) अंक सहित दोस्रो र रोङको इरौटार स्वास्थ्य चौकी ७८% (प्रतिशत) अंक सहित तेस्रो भएका छन् । बिभिन्न सूचकका आधारमा स्वास्थ्य संस्थाको छनौट गरीएको स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनु भयो । प्रमुख शाक्याका अनुसार शुसासन ब्यवस्थापनमा २० प्रतिशत , क्ल्नििकल सेवामा ६० प्रतिशत र सहयोग ब्यवस्थापनमा २० प्रतिशत अंक गरी १०० प्रतिसतका आधारमा सर्वेक्षण गरीएको थियो । जिल्लामा ४२ वटा स्वास्थ्य चौकी रहेका छन् ।

 

 

TOP