जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट

रोङ : इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कबिता बिधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोश्रो र आरध्या अर्याल तेश्रो भएका छन् ।

त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भूजेल पाचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, शौगात शुब्बा दोश्रो र एलिना राई तेश्रो घोषित भएका छन् । गायनमा देबधन राई चौथो र हर्कमान सुन्दार पाँचौ घोषित भए ।त्यसैगरी रोङ प्रतिभाको खोजी अन्तरगत नै कबिता तर्फ अनिश राई प्रथम तिलकराज कोइराला दोश्रो र साम्पोल गजमेर तेश्रो भएका छन् । कबितामा शुष्मा राई चौथो र तेजकुमारी चौलागाइ पाचौ घोषित भएका छन् । प्रतियोगितामा बिजयी सबैलार्इ आयोजकले नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल र ट्रफी प्रदान गरेको थियो ।

यस अघि बिभिन्न चरणमा भएका प्रतिस्पर्धाबाट कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेका थिए । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका थिए ।नृत्य विधामा निस्ता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेका थिए । गाउँपालिकाकमा लुकेर रहेको प्रतिभाको खोजी गर्न पालिकाले सञ्चालन गरेको यो प्रतियोगिताको कलाकर्मीहरुले स्वागत गरेका छन् ।

यो प्रतियोगिताको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेटको ब्यवस्था गरेर आगामी बर्ष हिउदकै समयमा सञ्चालन गर्ने गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए ।

TOP