पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट

रोङ : इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कबिता बिधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोश्रो र आरध्या अर्याल तेश्रो भएका छन् ।

त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भूजेल पाचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, शौगात शुब्बा दोश्रो र एलिना राई तेश्रो घोषित भएका छन् । गायनमा देबधन राई चौथो र हर्कमान सुन्दार पाँचौ घोषित भए ।त्यसैगरी रोङ प्रतिभाको खोजी अन्तरगत नै कबिता तर्फ अनिश राई प्रथम तिलकराज कोइराला दोश्रो र साम्पोल गजमेर तेश्रो भएका छन् । कबितामा शुष्मा राई चौथो र तेजकुमारी चौलागाइ पाचौ घोषित भएका छन् । प्रतियोगितामा बिजयी सबैलार्इ आयोजकले नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल र ट्रफी प्रदान गरेको थियो ।

यस अघि बिभिन्न चरणमा भएका प्रतिस्पर्धाबाट कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेका थिए । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका थिए ।नृत्य विधामा निस्ता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेका थिए । गाउँपालिकाकमा लुकेर रहेको प्रतिभाको खोजी गर्न पालिकाले सञ्चालन गरेको यो प्रतियोगिताको कलाकर्मीहरुले स्वागत गरेका छन् ।

यो प्रतियोगिताको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेटको ब्यवस्था गरेर आगामी बर्ष हिउदकै समयमा सञ्चालन गर्ने गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए ।

TOP