प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दिप प्रज्वलन

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दिप प्रज्वलन


फिक्कलः संविधान दिवस—२०७७ को अवसरमा इलामको सूर्योदय नगरपालिकामा शुक्रबार साझ दिप प्रज्वलन गरिएको छ ।संबिधान दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी कार्यालय,संघ,संस्था,विद्यालय र सम्पूर्ण नागरिकको घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डातोलन गर्ने निर्णय गरे अनुसार दिप प्रज्वलन गरिएको हो ।

नगर प्रमुख रणबहादुर राईले दिप प्रज्वल गर्दै जनताको अधिकार जनताकै हातमा आएको दिनलाई उल्लासका साथ मनाउन सबैमा आग्रह गर्नु भयो । दिप प्रज्वल कार्यक्रममा संविधान दिवस आयोजक समितिका संयोजक तथा वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामा , नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । नगरले असोज २ देखि ४ गते सम्म दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।
साथै नगरभित्रका सम्पुर्ण मन्दिर,बुद्धविहार,मस्जिद,चर्ज लगायतका धार्मिक स्थलहरुमा नित्य पुजा तथा प्रार्थना गर्ने गराउने समेत निर्णय गरेको संविधान दिवस आयोजक समितिका संयोजक लामाले जानकारी दिनु भयो ।
उक्त अवसरमा शनिबार बिहान म्याराथुन दौड प्रतियोगिता संचालन गरिने भएको छ । प्रतियोगितामा खुल्ला समुह तर्फ ३५ बर्षसम्म , महिला समुह र भेट्रान समुहको खेल संचालन हुने छ । उक्त कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको उपस्थितिे अनिवार्य गरिएको छ ।

TOP