जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सूर्योदयमा कृषि एम्बुलेन्स

  • प्रकाशित मितिः November 4, 2025
  • हाम्रो पालिका
सूर्योदयमा कृषि एम्बुलेन्स

फिक्कल: सूर्योदय नगरपालिकाले कृषि उपजलाई बजारीकरणमा सहजता ल्याउन कृषि एम्बुलेन्स बितरण गरेको छ । नगरले स्थानीय स्तरमा उत्पादन भएको कृषि उपजलाई बजार सम्म लैजानका लागि सहजता ल्याउन पशुपतिनगरमा रहेको साना किसान सहकारी संस्थालाई कृषि एन्वुलेन्स हस्तांतरण गरेको हो ।
८० प्रतिशत अनुदान नगरपालिकाबाट र २० प्रतिशत लागत साझेदारी सहकारी संस्थाको रहेको नगरको आर्थिक बिकास समितिका संयोजक देवेन्द्र शर्माले जानकारी दिनु भयो । नगरको १९ लाख ७५ हजार रुपियाँ र वाँकी साना किसान सहकारी संस्थाको गरी २५ लाखको लागतमा कृषि एम्बुलेन्स खरिद गरीएको संयोजक शर्माले जानकारी दिनु भयो । कृषि एम्बुलेन्स बितरणले सूर्योदय नगरपालिका वडा नं. २ र ३ का किसानलाई सहजता भएको नगरले जनाएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले कृषि एम्बुलेन्स वितरणले साना किसान सहकारीका सदस्यलाई आफूले उत्पादन गरेको कृषि बस्तु बजारमा सहज, सरल र कम खर्चमा ढुवानी गर्न मद्दत पुग्ने बताउनु भयो । उहाले भन्नु भयो‘उत्पादन भएको कृषि उपज सहज तरीकाले बजार पु¥र्याउने लक्ष्य नगरको हो ।’
यस अघि नगरले २७२ जना किसानलाई चिया टिप्ने हाते मेसीन र १६ जना किसानलाई हाते टयाक्टर बितरण गरेको थियो । ५० प्रतिशत अनुदानमा बितरण गरीएको चिया टिप्ने हाते मेसीनमा नगरले ८० लाख लगानी गरेको छ ।

TOP