पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर


झापा । झापाको ४ वटा स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका छन् । विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, अर्जनधारा र गौरादहको प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका हुन् । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आएका छन् । यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोडमा आएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते सरुवा सम्बन्धी निर्णय गरेको थियो। यसअघि बिर्तामोड आउन इच्छा ब्यक्त गरेका राजेन्द्र भट्टराई र खेम ओझा एकअर्काको नगरपालिकामा साटिएका छन् । गौरादह नगरपालिकाका ओझा मोरङको रतुवामाई नगरपालिका र भट्टराई गौरादह नगरपालिका सरुवा भएका हुन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल सरुवा भएर प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगर पुगेका छन् । उनको ठाउँमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङ आउने भएका छन् । मेचीनगरमा भने इलामको माई नगरपालिकामा रहेका दिनानाथ लम्साल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते ९ जना उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।

TOP