प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर


झापा । झापाको ४ वटा स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका छन् । विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, अर्जनधारा र गौरादहको प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका हुन् । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आएका छन् । यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोडमा आएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते सरुवा सम्बन्धी निर्णय गरेको थियो। यसअघि बिर्तामोड आउन इच्छा ब्यक्त गरेका राजेन्द्र भट्टराई र खेम ओझा एकअर्काको नगरपालिकामा साटिएका छन् । गौरादह नगरपालिकाका ओझा मोरङको रतुवामाई नगरपालिका र भट्टराई गौरादह नगरपालिका सरुवा भएका हुन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल सरुवा भएर प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगर पुगेका छन् । उनको ठाउँमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङ आउने भएका छन् । मेचीनगरमा भने इलामको माई नगरपालिकामा रहेका दिनानाथ लम्साल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते ९ जना उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।

TOP