पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

माईजोगमाईमा एक महिने कुक,होमस्टे र कम्प्युटर तालिम सम्पन्न

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
माईजोगमाईमा एक महिने कुक,होमस्टे र कम्प्युटर तालिम सम्पन्न

नयाँबजारइलामको माईजोगमाई गाउँपालिकामा एक महिने कुक तथा होमस्टे तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको बार्षिक स्वीकृत कायक्रम अनुसार गाउँपालिकाका २१ जना युवालाई कुक तथा होमस्टे तालिम दिईएको हो । तालिममा ७० बढी खानाका परिकार बनाउन सिकाईएको होमस्टे ब्यवसायी तथा कुक तामिम प्रशिक्षक निर्मला लाप्चाले जानकारी दिनु भयो ।
वडा नं. १ का वडाध्यक्ष याम कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम समापनको अवसमा बोल्दै गाउँपालिका अध्यक्ष थेवेले कुकु तथा होमस्टे तालिमले माईजोगमाईको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाले पूर्वाधार बिकास मात्रले नभई पर्यटन प्रवर्धनका लागि परिकार निर्माण र होमस्टे ब्यवस्थान तालिम समेत जरुरी रहेको जानकारी दिनु भयो ।

उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष राईले युवालाई आत्मनिर्भर र ब्यवसायिक बनाउनका लागि कुक तथा होमस्टे तालिमले महत्वपूर्ण भूमीका खेल्ने बताउनु भयो । उहाले भन्नु भयो‘तालिम लिएका युवाले ब्यवसायीक रुपमा काम गर्नु पर्दछ ।’उहाले शिप र दक्षताले मात्र ब्यवसायिक बन्न सकिने बताउनु भयो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।यस्तै गाउँपालिकामा संचालित एक महिने कम्प्युटर समेत सम्पन्न भएको छ । तालिममा २३ जना सहभागी थिए ।

TOP