प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

माईजोगमाईमा एक महिने कुक,होमस्टे र कम्प्युटर तालिम सम्पन्न

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा एक महिने कुक,होमस्टे र कम्प्युटर तालिम सम्पन्न

नयाँबजारइलामको माईजोगमाई गाउँपालिकामा एक महिने कुक तथा होमस्टे तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको बार्षिक स्वीकृत कायक्रम अनुसार गाउँपालिकाका २१ जना युवालाई कुक तथा होमस्टे तालिम दिईएको हो । तालिममा ७० बढी खानाका परिकार बनाउन सिकाईएको होमस्टे ब्यवसायी तथा कुक तामिम प्रशिक्षक निर्मला लाप्चाले जानकारी दिनु भयो ।
वडा नं. १ का वडाध्यक्ष याम कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम समापनको अवसमा बोल्दै गाउँपालिका अध्यक्ष थेवेले कुकु तथा होमस्टे तालिमले माईजोगमाईको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाले पूर्वाधार बिकास मात्रले नभई पर्यटन प्रवर्धनका लागि परिकार निर्माण र होमस्टे ब्यवस्थान तालिम समेत जरुरी रहेको जानकारी दिनु भयो ।

उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष राईले युवालाई आत्मनिर्भर र ब्यवसायिक बनाउनका लागि कुक तथा होमस्टे तालिमले महत्वपूर्ण भूमीका खेल्ने बताउनु भयो । उहाले भन्नु भयो‘तालिम लिएका युवाले ब्यवसायीक रुपमा काम गर्नु पर्दछ ।’उहाले शिप र दक्षताले मात्र ब्यवसायिक बन्न सकिने बताउनु भयो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।यस्तै गाउँपालिकामा संचालित एक महिने कम्प्युटर समेत सम्पन्न भएको छ । तालिममा २३ जना सहभागी थिए ।

TOP