जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै

इलाम:  इलामको आइतबारेमा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका–११ को आइतबारेमा दुई दिने महोत्वस आयोजना गर्न लागिएको हो ।

सोमबार सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन एवम् जातीय साँस्कृतिक परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिए ।‘आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,’ उनले भने, ‘महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित झाँकी, भेषभूषा एवम् जातीय साँस्कृतिक परिकार प्रदर्शन गरिनेछ ।’

कार्यक्रममा आउने पाहुनाहरुलाई आदिवासीजन्य विभिन्न खाद्य परिकार चखाउने योजना आयोजकको रहेको छ । महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा संघ, नेपाल शेर्मा समाज, नेपाल मगर संघ, लाप्चा उत्थान मञ्च, नेवाः दय दबु, नेपाल थामी समाज, तमू ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्माबाट सहभागी हुने आयोजकले जनाएको छ ।

नयाँ र पुराना पुस्ता मिलेर आदिवासी जनजातिको पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको योल्मूले बताए । ‘कला, संस्कृति र परम्परा आदिवासी जनजातिको मुख्य पहिचान हो, यसको संरक्षण, संवर्द्धन, प्रवर्द्धन गर्न युवा पुस्ताले चासो देखाउनुपर्छ’ उनले भने, ‘पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र सीप हस्तान्तरण गर्न आवश्यक छ ।’

TOP