रोङ उद्योग वाणिाज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन महोत्सवको आयव्यय सार्वजनिक – Hamropalika
जीवनशैली कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न अर्थ वाणिज्य सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति अर्थ वाणिज्य चिया निर्यातको बिकल्प खोज्दै सूर्योदयका ब्यवसायी पालिका विशेष शिक्षासेवी गौरीलामाको शालिक अनावरण अर्थ वाणिज्य इलामको सुकिलुम्बा विमानस्थलबाट पुनः हवाई उडान हुने Photo Gallery तिजको लहर आयो बरी लै………. अर्थ वाणिज्य सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा अर्थ वाणिज्य इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण अर्थ वाणिज्य माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण पालिका विशेष इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार
Hamropalika menu advertisement

रोङ उद्योग वाणिाज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

  • प्रकाशित मितिः September 13, 2024
  • hamro_palika

फिक्कल: रोङ उद्योग वाणिाज्य संघ द्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ । प्रसिद्ध धार्मिक स्थल पाथिभाराको हाँसपोखरीमा गत बैशाख ६ गते सम्म संचालित महोत्सवमा आम्दानी तर्फ रू ६ लाख ९८ हजार २ सय ८५ भएको छ ।
खर्च तर्फ ९ लाख ५८ हजार २ सय २० रूपैयाँ भएको आयोजक समितिले जनाएको छ । जसमध्ये १ लाख ६३ हजार ९ सय ३५ समितिलाई दायित्व रहेको छ । आम्दानीका शिर्षकहरूमा गाउँपालिकाबाट रू १ लाख, संघसंस्था र उद्योगी व्यावसायीबाट रू २ लाख ३४ हजार ५ सय ८५ , प्रवेश टिकटबाट ७३ हजार २ सय, स्टल बिक्रिबाट २७ हजार, मनोरञ्जन खेलबाट १ लाख, आन्तरिक सापटीबाट ७६ हजार ,होटल व्यावसाय बाट, ५० हजार, टेण्ट एवम तथा साउण्ड सिस्टमबाट ३० हजार र पार्किङ शुल्क बापत ३ हजार ५ सय रहेका छन ।
खर्चका शिर्षकमा मैदान व्यवस्थापनमा ६१ हजार २ सय २० , प्रचार९प्रसारमा ७० हजार, खाना नास्ता तथा अतिथि व्यवस्थापनमा १ लाख ६० हजार , टेन्ट र गेटमा २ लाख ३० हजार, साउण्ड सिस्टम खर्च १ लाख ६० हजार, कलाकार तर्फ २ लाख १७ हजार र छपाई तथा मसलन्दमा ६० हजार भएको विवरण संघका अध्यक्ष नगेन्द्र राईले प्रस्तुत गर्नु भएको थियो । उहाँले यो पहिलो प्रयास भएकाले पनि आफुहरूले धेरै कुरा सिकेकाले आगामी बर्ष भने बृहत् गर्ने गरीको तयारी आजै बाट भएको बताउनु भयो । उहाँले महोत्सव सफल बनाउन लागिपर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
आयव्यय सार्वजनिकको अवसरमा मिडिया पार्टनर रेडीयो बुद्धवाणी एफएम र इलाका प्रहरी कार्यलय पशुपतिनगरलाई प्रसंशा पत्र प्रदान गरिएको छ । हाँसपोखरीको कभर्डहलमा भएको कार्यक्रमलाई संघका महासचिव माधव निरौलाले संचालन गर्नुभएको संघका उपाध्यक्ष डाइमन्ड तिमलसिनाले जान्कारी दिनुभयो ।

TOP