पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई

फिक्कल:  बिश्व वातावरण दिवस २०२४ को अवसरमा फिक्कल बजार क्षेत्रमा सरसफाई गरीएको छ । दिवसको अवसरमा सूर्योदय नगरपालिकाको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखाको आयोजना तथा बिभिन्न संघ संस्थाको सहकार्यमा सरसफाई गरीएको हो ।
फिक्कल बजारको गुम्बा पार्कबाट शुरु भएको सरसफाई कार्यक्रम फिक्कल बजारका चोकचोकमा गरीएको थियो ।

सरफाई कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी सहित फिक्कल प्रहरी चौकी , शसस्त्र प्रहरीको आईतबारे बेस क्याम्प, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्य सहकारी संस्था, फिक्कल युनाईटेड क्लब, सूर्योदय होटल ब्यवसायी संघ , फिक्कल जेसीज लगायतका संघ संस्थाले कार्यक्रममा सहकार्य गरेको नगरपालिकाको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिनु भयो ।


यस्तै बिश्व वातावरण दिवस २०२४ को अवसरमा नगरमा जलबायु परिवर्तन तथा वातावरण संरक्षण बिषयमा छलफल गरीएको छ । कार्यक्रममा झापाको मेची क्याम्पस झापाका वातावरण जिव बिज्ञान संकायका बिद्यार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए ।बिद्यार्थी दिपा खतिवडा, मुकेश कठेत, दिनेश भट्टराई लगायतले वातावरण संरक्षणको अभावमा जिवजन्तु , बनस्पतीमा असर पर्दा जलवायु परिवर्तनको असर देखिएको औल्याएका थिए । सोही कार्यक्रममा जलबायु परिवर्तन र वातावरण शिक्षकमा वालवाईड कन्जरभेसनमा काम गर्दै आउनु भएकी दिपा राईले प्रस्तुतीकरण राख्नु भएको थियो ।कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले वातावरण संरक्षण गर्न प्रत्येक नागरिक सचेत बन्नु पर्ने बताउनु भयो ।
बिश्व वातावरण दिवस २०२४ को अवसरमा सूर्योदय ३ को बुद्धपार्कमा सूर्योदय जेसीजले बिक्षारोपण गरेको छ । सूर्योदय जेसीजका अध्यक्ष अविषेक पौडेलले बिभिन्न प्रजातीका बिरुवा रोपीएको जानकारी दिनु भयो ।

नगरको बन वातावरण तथा बिपद ब्यवस्थापना शाखाका संयोजक राजकुमार लिम्बुका अनुसार नगरमा बर्सेनी ५० हजार बिरुवा रोपीदै आएको छ ।

 

 

 

TOP