जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाईको नयाँबजारमा सरसफाई परिचय पत्र वितरण शुरु

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
माईजोगमाईको नयाँबजारमा सरसफाई परिचय पत्र वितरण शुरु

फिक्क्ल : इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा सरसफाई कार्यक्रमको शुरु गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन अनुसार गाउँपालिकाले गाउँपालिकाको केन्द्र नयाँबजारबाट सरसफाई कार्यक्रम अन्र्तगत बजारबासीलाई सरसफाई परिचय पत्र वितरण गरिएकोे हो ।
गाउँपालिकाको केन्द्लाई सधै सफा राख्न र नागरिकको स्वास्थ्य प्रति बिशेष ध्यान दिदै उक्त कार्यक्रमको शुरु गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘सरसफाई प्रत्येक ब्यक्तिको जिवनको महत्वपूर्ण पक्ष भएकाले उक्त कार्यक्रम शुरु गरेका हौ ।’ ‘ अहिले कोरोनाको समेत संक्रमण रहेकाले सरसफाईमा बिशेष ध्यान दिनु पर्छ ’ अध्यक्ष राईले भन्नु भयो ।
गाउँपालिकाले शुरु गरेको अभियान अन्र्तगत माईजोगमाई १ का फुर्तेम्बा शेर्पाले पहिलो सरसफाई उपभोक्ताको परिचय पत्र लिनु भएको छ । पहिलो परिचय पत्र लिने शेर्पालाई गाउँपालिकाले धन्यवाद सहित परिचय पत्र बितरण गरेको छ ।
गाउँपालिकाले सरसफाई परिचय पत्र वितरण गरेपछि प्रत्येक घरबाट मासिक १ सय रुपियाँ उठाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिनु भयो । गाउँपालिकाले उक्त सेवा शुल्क बापत बजारको फोहोर मैला संकलन गरी डम्पीङ साईड लैजाने छ । अध्यक्ष राईका अनुसार गाउँपालिकाको केन्द्रबाट शुरु गरिएको उक्त अभियान सबै वडाका बजार टोल हुँदे घरघरमा समेत लागु गरिने छ ।

TOP