पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

इलाम: इलामको चुलाचुली स्थित रतुवा खोलामा जिप डुब्दा दुई जनाको मृत्यु भएको छ। खोलामा डुबेका अन्य चार जनाको उद्धार गरीएको छ । मृत्यु हुनेमा माङसेबुङ ५ की ३२ बर्षीय सर्मीला वनेम पाmगो र माङसेबुङ तीनका तीन बर्षीय नियन नेम्वाङ रहनु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनु भयो ।
सुनसरीको धरानबाट इलामको माङ्सेबुङको लारुम्बा जादै गरेको लु १ ज ९४९१ नम्बरको बोलेरो जिप खोला तर्ने क्रममा चुलाचुली ५ को रतुवा खोलामा सोमबार साझ डुबेको थियो । गाडी डुबे पछि अतालिएर खोलामा डुबेका मध्ये चार जनाको उद्दार गरीएको छ । मृतक मध्ये सर्मीलाको शब पोष्टमार्टमका लागि दमक लगिएको छ भने नियनको शब सडकको ठेकेदार आए पछि मात्र उठाईने भएको् छ । महालक्ष्मी किरातेश्वर कम्पनीले सडक कालोपत्रे गर्ने क्रममा सडक बन्द गराएर खोलाबाट सवारी संचालन गरीदै आएको थियो । दुर्घटना पछि सडक खुल्ला गरीएको छ ।

 

TOP