जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको रोङमा अनलाईनबाट नागरिकका सुझाव संकलन गरिदै

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको रोङमा अनलाईनबाट नागरिकका सुझाव संकलन गरिदै

फिक्क्ल: इलामको रोङ गाउपालिकाले पालिकाका नागरिकलाई हरेक हिसावले पालिका संग जोडने काम गर्दै आएको छ । पालिकाले नागरकका आवश्यक्ता अनुसार बजेट बिनियोजन गरी काम गर्नका लागि नागरिकका सुझाव दिन थालेको हो ।
आर्थिक बर्ष २०८१÷०८२ को निती तथा कार्यक्रम र बजेट निर्माणको समयमा आफ्ना नागरिकले गाउपालिकामा के कस्तो अपेक्षा राखेका छन् भन्ने जनभावना गाउँपालिकाले समेटने गरी अनलाईन पोर्टल मार्फत सुझाव संकलन गर्न थालेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । ‘गाउँपालिकाले सचालन गर्ने कार्यक्रम र निति नियम कस्तो भए जनहितकारी बन्छ भनेर जनअपेक्षा सकलन गरी जनप्रतिनिधि बिच छलफल गरी काम गर्न थालेका हौ’ अध्यक्ष स्याङबोले भन्नु भयो । यसरी काम गर्दा स्थानीय सरकार सधै नागरिकप्रति उत्तरदायी भएको आभास दिन सकिने अपेक्षा गाउँपालिकाले लिएको छ ।
अनलाईन पोर्टलमा गाउँपालिकाले सचालन गर्नुपर्ने बिकास निर्माण, लागु गर्ने निति नियममा नागरिकले निर्धक्क सुझाव राख्न सक्ने र नागरिककै इच्छा अनुसार सुझाव कर्ताको गोपनियता कायम रहने प्रवन्ध मिलाएको छ ।नागरिकहरुले राखेको हरेक सवालाई बिषयगत समितिमा छलफल गरिने र औचित्य पुष्टि भएमा गाउँपालिकाको कार्यक्रममा समावेस गरीने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनु भयो । तीनै तहका सरकार बजेट निर्माणको काममा जुटीरहेको बेला रोङ गाउँपालिकाले नेता वा जनप्रतिनिधिको कुरामात्रै समेटनु भन्दा मतदाताको भावना समेट्न खोज्ने प्रयास गरेको पहिलो पटक हो । अन्य पालिकामा पनि यसरी आम नागरिकका सुझाव संकलन गर्ने गरीएको पाईदैन । नागरकले पोर्टलमा स्वास्थ्य , शिक्षा, कृषि क्षेत्रको सुधार र बिकास निर्माणमा ध्यान दिन सुझाव दिदै आएका छन ।
रोङ ६ को सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल गाउँपालिकाले नागरिकबाट सुझाव संकलन गर्नु सकारात्मक र नागरिक प्रति उत्तरदायी भएको बताउनु हुन्छ । ‘नागरिकबाट सुझाव लिने मात्र होईन, आएका सुझावलाई आवश्यक्ताका आधारमा पालिकाले कार्यान्वयन पनि गर्नु पर्छ’ प्रधानाध्यापक पौडेलले भन्नु भयो । गाउँपालिकाले यस अघि शिक्षाको गुणस्तर सुधारका लागि अविभावक शिक्षा लागु गरेको छ । अविभावक बिद्यालय गएर पढ्ने र बिद्यार्थी घरमा बसेर अविभावकका काम गर्ने गरेका छन् ।
सबैधानिक प्रावधान अनुासर २०८१÷०८२ को लागि सघीय सरकारले आफ्नो निति कार्यक्रम र बजेट जेठ १५ गर्ने , प्रदेश सकारले असार १ र स्थानीय सरकारले असार १०भित्र बजेट ल्याएर श्रावण १ वाट लागु गर्नु पर्ने हुन्छ ।

TOP