जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको सूर्योदयमा बिद्यार्थी लक्षित बिभिन्न कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयमा बिद्यार्थी लक्षित बिभिन्न कार्यक्रम सम्पन्न

फिक्क्ल:  इलामको सूर्योदय नगरपालिकामा बिद्यार्थी लक्षित बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको बाह्र महिना बाह्र कार्यक्रम अन्तरगत आधारभूत तह स्तरीय कक्षा ६ देखि ८ को वक्तित्वकला प्रतियोगिता तथा सूर्योदय नगर खेलकुद विकास समितिको आयोजनामा बुद्धिचाल ९चेस० प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको हो ।
आधारभूत तह स्तरीय कक्षा ६देखि८ को वक्तृत्वकलामा इलाम रोजमेरी अंग्रजी विद्यालय सू।न।पा ११ का नवदीप फुएल प्रथम हुनु भएको छ । यस्तै नर्वदा कल्याण इङ्गलिस बोर्डिङ स्कूल सू।न।पा ३ का अनुपम खतिवडा द्वितीय र सरस्वती माध्यमिक विद्यालय सू।न।पा १४ का जोनिश दर्नाल तृतीय हुनु भएको छ । यस्तै बुद्धिचाल ९चेस० प्रतियोगितामा छात्र तर्फ फिक्कल माध्यमिक विद्यालय सू।न।पा १० का सुप्रशान्त घिमिरे प्रथम, करफोक विद्या मन्दिर मा।वि सू।न।पा १२ का निरोज चिमोरिया द्वितीय र सनराइज अंग्रेजी विद्यालय सू।न।पा १० का सक्षम पौडेल तृतीय हुनु भएको छ ।
यस्तै छात्रा तर्फ जनक माध्मिक विद्यालय सू।न।पा ४ की डिस्टिना मुखिया प्रथम, बौद्धधाम मा।वि सू।न।पा २ की याङजीडोमा शेर्पा द्वितीय र सिंहदेवी मा।वि सू।न।पा १ की अदिप्ती राई तृतीय हुनु भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविन पौडेलले जानकारी दिनु भयो । नगर प्रमुख रण बहादुर राई , उप प्रमुख दुर्गा कुमार बरालले दुबै बिधामा उत्कृष्ठ बिद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

TOP