जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रोङको सरस्वती माध्यमिक बिद्यालयमा क्यापटेन छान्दा निर्वाचनको झल्को

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
रोङको सरस्वती माध्यमिक बिद्यालयमा क्यापटेन छान्दा निर्वाचनको झल्को

फिक्कल:

इलामको रोङ गाउँपालिका ६ को सरस्वती माध्यमिक बिद्यालयमा दिनभर भिडभाड थियो । बिद्यार्थीहरु लाईनमा बसेर आफुले चाहेको उम्मेदवार छान्न आतुर देखिन्थे । बिद्यालयले क्याप्टेन र उप‘क्याप्टेन छनौटको लागि चुनावी प्रक्रिया सचालन गरेको थियो ।वालबालिकाको नेतृत्व बिकास गर्दै, लोकतान्त्रिक गतिबिधिको ज्ञान दिन र वालवालिकाको क्षमता बिकास गराउने उद्देश्यले प्रत्यक्ष निर्वाचन प्रणाली द्वरा गरिएको निर्वाचनमा निर्वाचन पद्दतिका सबै प्रकृया पुरा गरिएको थियो ।
निर्वाचन आयोगको गठन देखी कार्यतालिका प्रकाशन,मतदाता नामावलि प्रकाशन,उमेवद्वारको प्रस्ताबक समर्थक सहित मनोनयन दर्ता ,दाबिबिरोध, अन्तिम नामावलि प्रकासन,चुनाव चिन्ह प्रदान मतदान,मतपेटिका शिलबन्दी,उमेवद्वारको प्रतिनिधि सहित मतगणना र मतपरिणाम घोषणा कार्यले साच्चैको चुवानको झल्को दिएको थियो ।
बिद्यालयको क्याप्टेन र उप‘क्याप्टेन फरक लिङ्गको हुनुपर्ने र एक मतदाताले दुईजनालाई मतदान गर्नुपर्ने नियमानुसार क्याप्टेन पदमा एक छात्रा सहित तीनजना र उपक्याप्टेन पदमा दुई छात्र सहित चारजनाको मनोनयन भएको थियो । कसैले उमेवद्वारी फिर्ता नलिए पछि भएको चुनावमा कुल एका सय ११ मतदाता रहेकोमा ९८ मत खसेको थियो । जसमा ६ मत बदर भएको निर्वाचन अधिकृत समेत रहनु भएका सामाजिक शिक्षक माधव प्रसाद मेहताले बताउनु भयो ।उहाले भन्नु भयो ‘संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भन्दा फरक केहि थिएन, बिद्यार्थीले निर्वाचन प्रक्रियाका सबै चरण राम्ररी बुझन पाए ।’
यसरी भएको मतदानमा क्याप्टेन पदमा ६२ मत पाएर रोसन राई बिजयी हुन भएको छ । उहाका प्रतिद्वन्दी स्पर्ष प्रधानले २० र दुर्गादेवी प्रधानले १० मत पाउनु भयो । यसैगरि उपक्याप्टेनमा आकृति सुबेदीले ३५ मत पाएर बिजयी हुदा उहाका प्रतिद्वन्दीहरु सुस्मिता राईले ३०,उत्साह राईले १४.सेमियोग राईले ६,सुरज प्रधानले ४ र छेस्का लिम्वुले २ मत पाउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले पछिल्लो समय युवायुवतीमा निर्वाचन प्रति देखिएको उदासिनता हटाउनका लागि निर्वाचन प्रक्रिया अपनाईएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘अहिलेका बिद्यार्थी राजनीति र चुनाव भने पछि सुन्न नमानुला जसो गर्छन। हामीले चुनावमा सहभागी गराउदा बिद्यार्थीमा उत्साह देखियो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम साङपाङ र शिक्षक अविभावक संघ अध्यक्ष रेश्मिता राईले निर्वाचनको अनुगमन गर्नु भएको थियो । कक्षा मनिटरलाई दिनभर शुरक्षाकर्मीका रुपमा खटाईएको थियो । क्याप्टेन पदमा बिजयी रोसन राईले निर्वाचित भएपछि आफनो मन्तब्य राख्दै बिद्यालयमा भएको निर्वाचन प्रक्रियाले आफुहरुलाई साच्चैको निर्वाचन भएको भान भएको बताउनु भयो । ‘आगामी दिनमा राजनीतिमा सक्रिया हुनका लागि निर्वाचन प्रक्रियाले उत्साह जागेको छ’ क्याप्टेन राईले भन्नु भय

TOP