जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलाममा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

इलाम :  इलाममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८, बाँदरगाउँस्थित माइखोलामा डुबेर स्थानीय विक्रम लिम्बूका छोरा ११ वर्षे मिङसुहाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई पानीमा फेला पारी उद्धार गरेर तत्काल उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो । थप उपचारका लागि झापा बिर्तामोडको बिएन्डसी अस्पताल लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यहींका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी नौ वर्षे किस्मन आङदेम्बेको पनि त्यही घटनामा खोजतलास गर्नेक्रममा इलामकै घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ ।उनीहरूसँगै पौडी खेल्न गएका दुई जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।बर्खामा जुनसुकै बेला खोलामा बाढी आउनसक्ने भएकाले आफ्ना बालबालिकालाई नदीनाला, खोला, पोखरीमा पौडी खेल्न नपठाउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार
TOP