जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

इलाममा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
इलाममा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

इलाम :  इलाममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८, बाँदरगाउँस्थित माइखोलामा डुबेर स्थानीय विक्रम लिम्बूका छोरा ११ वर्षे मिङसुहाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई पानीमा फेला पारी उद्धार गरेर तत्काल उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो । थप उपचारका लागि झापा बिर्तामोडको बिएन्डसी अस्पताल लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यहींका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी नौ वर्षे किस्मन आङदेम्बेको पनि त्यही घटनामा खोजतलास गर्नेक्रममा इलामकै घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ ।उनीहरूसँगै पौडी खेल्न गएका दुई जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।बर्खामा जुनसुकै बेला खोलामा बाढी आउनसक्ने भएकाले आफ्ना बालबालिकालाई नदीनाला, खोला, पोखरीमा पौडी खेल्न नपठाउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार
TOP