जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदय ७ मा आधारभूत कम्प्युटर तालिम सम्पन्न

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
सूर्योदय ७ मा आधारभूत कम्प्युटर तालिम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिका ७ मा तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । वडाको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार वडाका २८ जनालाई तीन महिना सम्म संचालन गरीएको तालिमको समापन मंगलबार सम्पन्न भएको हो ।युवा लक्षित कम्प्युटर तालिममा प्रत्येक टोलबाट छनौट गरी सहभागी गराइएको थियो । वडा सचिव कमलकान्त पोख्रेलको अध्यक्षता तथा वडाध्यक्ष लोक बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रमाण पत्र प्रदान गरीएको तियो ।
समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राईले युवालाई ब्यवसायीक बनाउनका लागि कम्प्युटर तालिम संचालन गरीएको जानकारी दिनु भयो । उहाले वडाले थोरै बजेटमै भए पनि युवा र लक्षित बर्गका कार्यक्रम संचालन गर्दै आएका बताउनु भयो । कार्यक्रममा तालिममा सहभागी नेत्रमणी भट्टले आफु सहकारीमा आवद्ध भएर काम गरीरहदा कम्प्युटर शिक्षाको अभावमा हातले काम गर्दै आएकोमा तालिम पछि कम्प्युटरमा सबै काम गर्न सक्ने भएको बताउनु भयो । बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.को समन्वयमा भएको तालिममा अर्पण खड्काले सहजीकरण गर्नु भएको थियो । वडा सदस्या श्याम कृष्ण कटुवाल ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन वडा कर्मचारी क्षितिज गड्तौलाले गर्नु भएको थियो ।

TOP