प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

५७ बर्ष पछि पाटापुरका सुकुम्बासीका हातमा लालपुर्जा

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
५७  बर्ष पछि पाटापुरका सुकुम्बासीका हातमा लालपुर्जा

फिक्कल : ५७ बर्ष पछि इलामको रोङ गाउँपालिकाका घरपरिवार सुकुम्बासीले गाउँपालिकाको पहलमा जग्गाको लालपुर्जा पाएका छन् ।रोङ गाउँपालिका वडा नम्बर ६ पाटापुरका ८९ सुकुम्बासी परिवार मध्ये १९ घरपरिवारलाई बुधबार लालपुर्जा वितरण गरिएको हो ।
वि सं २०२० सालबाट उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार जग्गा बिहिन अवस्थामा रहेका थिए । वि सं २०५२ सालमा तत्कालिन सरकारले सुकुम्बासी आयोग गठन गरेपनि आवश्यक प्रकृया पुरा नपुगे पछि उनीहरुले लालपुर्जा पाएका थिएनन् ।
स्थानिय तहको निर्वाचन भएर सरकार गठन भएपछि गाउँपालिकाले उनीहरुलाई लाजपुर्जा दिलाउन व्यवस्थित बसोबास समिती गठन गरेर प्रकृया अगाडी बढाएको थियो । गाउँपालिका अध्यक्ष सम्शेर राईले जिल्ला मालपोत कार्यालय संगको समन्वयमा पाटापुर बासीलाई लाजपुर्जा बितरण गरिएको बताउनु भयो । अध्यक्ष राईले गाउँपालिका भित्र रहेका थप तीन सय ६२ परिवार सुकुम्बासी परिवारलाई समेत लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बडाईरहेको जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘पाटापुर बासीले नजिकको सरकारको अनुभुती गरेका छन् , अन्यलाई पनि चाडै त्यो अनुभुती दिलाउने छौ ।’
लालपुर्जा पाएपछि स्थानीय लालसिंह राईले जिन्दगी भरको सपना पुरा भएको बताउनु भयो । उहाले गहभरी आशु झार्दै भन्नु भयो ‘अव भूमीहिन भएर बस्नु परेन, छोरा नाती सम्मलाई ढुक्क भयो ।’ राईले भागचलन गरे पनि लालपुर्जा नहुँदा कयौ समस्या भोग्नु गरेको बताउनु भयो ।
यस्तै स्थानीय भक्तबहादुर राईले मर्ने बेलामा भए पनि लाजपुर्जा पाउदा परिवारमा खुसीयाली छाएको बताउनु भयो । उहाले बैकिङ कारोबार गर्ने समेत बाटो खुलेको बताउनु भयो ।
रोङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारको तर्फबाट समस्याको अध्ययन र सहजीकरण गर्दै अध्यावधिक गरि जिल्ला मालपोत कार्यालय इलामबाट नया लालपुर्जा प्राप्त भएको जानकारी दिनु भयो । उहाले पाटापुरका ८७ मध्ये १९ परिवारले पाएको र वाँकीले आईतबारबाट लालपुर्जा पाउने बताउनु भयो । रोङ गाउँपालिकाले टंक थापाको संयोजकत्वमा पाँच सदस्यीय ब्यवस्थित बसोबास समिति गठन गरेर काम गर्दै आएको छ ।
जिल्ला मालपोत कार्यालय इलामका अनुसार साकफारा, चुलाचुली र रोङ गाउँपालिकाका सुकुम्बासीको सुकुम्बासी आयोगले यस अघि नै अध्यावधिक गरेको थियो । मालपोत कार्यालयका सूचना अधिकारी जसबहादुर राईले साकफाराका सुकुम्बासीलाई समेत देउमाई नगरपालिकाको मंगलबारे मालपोत कार्यालयबाट लालपुर्जा बिवरण गरिने जानकारी दिनु भयो । माई नगरपालिकामा पनि सुकुम्बासी रहे पनि त्याँको लालपुर्जा बितराण भने टुंगो लाग्न सकेको छैन ।

लालपुर्पा पाए पछि गहभरी खुसीका आसु बगाउदै पाटापुरका लालसिङ राई
तस्विर रोङ ६ का वडाध्यक्ष मनिकुमार स्याङ्बो को फेसबुकबाट
TOP