५७ बर्ष पछि पाटापुरका सुकुम्बासीका हातमा लालपुर्जा – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

५७ बर्ष पछि पाटापुरका सुकुम्बासीका हातमा लालपुर्जा

  • प्रकाशित मितिः June 1, 2023
  • hamro_palika

फिक्कल : ५७ बर्ष पछि इलामको रोङ गाउँपालिकाका घरपरिवार सुकुम्बासीले गाउँपालिकाको पहलमा जग्गाको लालपुर्जा पाएका छन् ।रोङ गाउँपालिका वडा नम्बर ६ पाटापुरका ८९ सुकुम्बासी परिवार मध्ये १९ घरपरिवारलाई बुधबार लालपुर्जा वितरण गरिएको हो ।
वि सं २०२० सालबाट उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार जग्गा बिहिन अवस्थामा रहेका थिए । वि सं २०५२ सालमा तत्कालिन सरकारले सुकुम्बासी आयोग गठन गरेपनि आवश्यक प्रकृया पुरा नपुगे पछि उनीहरुले लालपुर्जा पाएका थिएनन् ।
स्थानिय तहको निर्वाचन भएर सरकार गठन भएपछि गाउँपालिकाले उनीहरुलाई लाजपुर्जा दिलाउन व्यवस्थित बसोबास समिती गठन गरेर प्रकृया अगाडी बढाएको थियो । गाउँपालिका अध्यक्ष सम्शेर राईले जिल्ला मालपोत कार्यालय संगको समन्वयमा पाटापुर बासीलाई लाजपुर्जा बितरण गरिएको बताउनु भयो । अध्यक्ष राईले गाउँपालिका भित्र रहेका थप तीन सय ६२ परिवार सुकुम्बासी परिवारलाई समेत लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बडाईरहेको जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘पाटापुर बासीले नजिकको सरकारको अनुभुती गरेका छन् , अन्यलाई पनि चाडै त्यो अनुभुती दिलाउने छौ ।’
लालपुर्जा पाएपछि स्थानीय लालसिंह राईले जिन्दगी भरको सपना पुरा भएको बताउनु भयो । उहाले गहभरी आशु झार्दै भन्नु भयो ‘अव भूमीहिन भएर बस्नु परेन, छोरा नाती सम्मलाई ढुक्क भयो ।’ राईले भागचलन गरे पनि लालपुर्जा नहुँदा कयौ समस्या भोग्नु गरेको बताउनु भयो ।
यस्तै स्थानीय भक्तबहादुर राईले मर्ने बेलामा भए पनि लाजपुर्जा पाउदा परिवारमा खुसीयाली छाएको बताउनु भयो । उहाले बैकिङ कारोबार गर्ने समेत बाटो खुलेको बताउनु भयो ।
रोङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारको तर्फबाट समस्याको अध्ययन र सहजीकरण गर्दै अध्यावधिक गरि जिल्ला मालपोत कार्यालय इलामबाट नया लालपुर्जा प्राप्त भएको जानकारी दिनु भयो । उहाले पाटापुरका ८७ मध्ये १९ परिवारले पाएको र वाँकीले आईतबारबाट लालपुर्जा पाउने बताउनु भयो । रोङ गाउँपालिकाले टंक थापाको संयोजकत्वमा पाँच सदस्यीय ब्यवस्थित बसोबास समिति गठन गरेर काम गर्दै आएको छ ।
जिल्ला मालपोत कार्यालय इलामका अनुसार साकफारा, चुलाचुली र रोङ गाउँपालिकाका सुकुम्बासीको सुकुम्बासी आयोगले यस अघि नै अध्यावधिक गरेको थियो । मालपोत कार्यालयका सूचना अधिकारी जसबहादुर राईले साकफाराका सुकुम्बासीलाई समेत देउमाई नगरपालिकाको मंगलबारे मालपोत कार्यालयबाट लालपुर्जा बिवरण गरिने जानकारी दिनु भयो । माई नगरपालिकामा पनि सुकुम्बासी रहे पनि त्याँको लालपुर्जा बितराण भने टुंगो लाग्न सकेको छैन ।

लालपुर्पा पाए पछि गहभरी खुसीका आसु बगाउदै पाटापुरका लालसिङ राई
तस्विर रोङ ६ का वडाध्यक्ष मनिकुमार स्याङ्बो को फेसबुकबाट
TOP