जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम

फिक्कल: इलामका पाँचवटा पालिकाका जनप्रतिनिधिलाई जलवायु परिवर्तन र स्थानीय तहमा वातावरणमैत्री बजेट निर्माण सम्बन्धी दुईदिने तालिम दिइएको छ ।
इलामको सूर्योदय नगरपालिकामा सहयात्रा नेपाल र एन्जेलिया महिला सहकारी संस्थाको आयोजना तथा टेवा नेपाल र प्रकृति रिर्सोर्सस सेन्टरको आर्थिक सहयोगमा पाँच पालिकाका ५६ जना जन प्रतिनिधिलाई तालिम दिइएको हो ।
सूर्योदय, देउमाई नगरपालिका, माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिकाका जनप्रतिनिधिलाई प्रकृति रिर्सोर्सस सेन्टरका सहजकर्ता प्रविनमान सिंह र प्रज्ञा सेरचनले सहजीकरण गर्नु भएको थियो ।
तालिममा आगामी बजेटमा प्रकृति र वातावरणलाई समेटेर बजेट निर्माण गरीने प्रतिवद्धता जनाएका थिए । सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले बिकास संगै प्रकृतिमाथी हुन सक्ने खतरालाई मध्य नजर गरी बजेट बनाउनु पर्ने बताउनु भयो । देउमाई नगरपालिकाका उप प्रमुख पविमाया राईले वातावरण र प्रकृति संग सम्बन्धित कार्यक्रम निर्माण गर्दा अन्तर पालिका समन्वय आवश्यक रहेको बताउनु भयो ।
माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले तालिमले आगामी दिनमा बजेट निर्माण गर्न सहज हुने बताउनु भयो ।आयोजक सहयात्रा नेपालका अध्यक्ष हेम कुमारी शिवाले स्थानीय तहले बजेट निर्माण गर्दा वातावरण अनुकुल बजेट निर्माण गर्न सहज होस भनी तालिम संचालन गरीएको बताउनु भयो । तालिममा जलबायु परिवर्तनले परिरहेको असरका बिषयमा छलफल भएको थियो ।

TOP