Hamropalika menu advertisement

माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई

  • प्रकाशित मितिः April 23, 2025
  • हाम्रो पालिका
माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई

इलामः दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि सूर्योदय नगरपालिकाले चुमेको छ । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्थित बालागुरु खेलमैदानमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिकालाई ३-१ गोलअन्तरले हराउँदै सूर्योदयले उपाधि चुमेको हो ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बैशाख २५ गतेबाट जारी प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता सूर्योदयले २ लाख ११ हजार १ सय ११ र उपविजेता इलामले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन ।

TOP