जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव शुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव शुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले पर्यटकीय नगरीमा आयोजना गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । सडक महोत्सव दुइृ दिन सम्म संचालन हुने छ ।
महोत्सवमा स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधन स्टल, वातावरणमैत्री निर्माण सामग्री र स्थानीय पर्यटकीय उपजका गरी २५ वटा स्टल रहेका छन् । दुई दिन सम्म संचालन हुँने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तर्ता पाएको फिक्कलले पनि हो ।’
महोत्सवको आयोजना सूर्योदय होटल ब्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन्। सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सडक महोत्सवमा दुई दिनमा एक करोड रुपियाँ बढीको करोबार हुने बताउनु भयो ।
महोत्सवमा गायिका रचना रिमाल सहित बिभिन्न ब्याण्डको प्रस्तुती रहने छ । पाँच बर्ष देखि फिक्कलमा सडक महोत्सव हुदै आएको छ ।

 

TOP