प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदयका १ सय ९६ जना किसानलाई काउ म्याट बितरण

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
सूर्योदयका १ सय ९६ जना किसानलाई काउ म्याट बितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका १४ वटै वडाका ब्यवसायिक किसानलाई काउ म्याट बितरण गरीएको छ । नगरको पशु सेवा शाखाले बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार नगरका १४ वटै वडाका एक सय ९६ जना किसानलाई ५० प्रतिशत अनुदानमा काउ म्याट बितरण गरीएको हो । नगरले टोल तथा वडाको सिफारिसमा किसानलाई काउ म्याट बितरण गरेको जनाएको छ ।
प्रति गोटा चार हजार नौ सय ५० रुपियाँ पर्ने काउ म्याट किसानको ५० प्रतिशत लागत साझेदारीमा बितरण गरीएको पशु सेवा शाखाका प्रमुख बिपिन कुमार सिंहले जानकारी दिनु भयो । उहाका अनुसार काउ म्याटमा गाईलाई बस्न सजिलो हुँनका साथै सहज बसाईका कारण गाईले बढी दुध दिने संभावना बढ्छ । प्रमुख सिंहका अनुसार थुनेलो रोगको जोखीम रहदै आएको नगरमा काउ म्याट प्रयोग गर्दा त्यस्को जोखीम समेत कम हुँने बताउनु भयो । नगरमा ९ लाख ७० हजार दुई सय २० रुपियाँ बराबरको काउ म्याट बितरण गरिएको छ ।
काउ म्याट बितरण गर्दै नगर प्रमुख रण बहादुर राईले किसानको मुहार हसिलो भए मात्र नगरमा समृद्धि आउने बताउनु भयो । उहाले भन्नु भयो‘हामी दैनिक दुई लाख लिटर दुध उत्पादन गर्ने लक्ष्यमा छौ,लक्ष्य अनुसार दुध उत्पादन गर्न सके पाउडर प्लान्ट स्थापना गर्न सकिन्छ ।’ उहाले पाउडर प्लान्ट स्थापना भए पछि दुधले बजार र मुल्य नपाउने जस्ता समस्या हटेर जाने बताउनु भयो ।
सूर्योदय नगरमा हाल दैनिक ७५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ । नगरमा नौ हजार बढी गाई पालक किसान रहेका छन । नगरले खोरेत मुक्त बनाउनका लागि नगरका २० हजार ८ सय ७१ पशुलाई निःशुल्क खोप हानेको छ ।
यो संगै नगरले लम्पी स्कीन डिजिजको महामारीमा घरघरमै पशु प्राविधिक पठाएर पशुको उपचार गराएको नगरको आर्थिक बिकास समितिका संयोजक देवेन्द्र शर्माले जानकारी दिनु भयो । नगरले लम्पीको खोप समेत पशुलाइृ यस अघि नै हानी सकेको छ ।

 

TOP