कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तु महोत्सव आजबाट शुरु

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
अन्तु महोत्सव आजबाट शुरु

फिक्क्ल : सूर्योदय नगरपलिकाको अन्तुमा आजबाट अन्तु महोत्सव शुरु हुदै छ । आयोजक समितिका संयोजक नगर उपप्रमुख दुर्गा कुमार बरालले व्यवस्थापकीय पक्ष, सुरक्षा, आवश्क संरचना लगायत सबै तयारी पुरा भई अव कार्यक्रम शुरु हुने जानकारी दिनु भयो ।
स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव २०८१’ को आयोजना गरिएको हो । स्थानिय रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बरालले बताउनुभयो । महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडलको ग्रान्ड फिनाले’ गरिने छ । महोत्सव समापन गर्न १५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अवधिभर करिब दश हजार पर्यटक भित्रिने अपेक्षा राखिएको छ । महोत्सवमा स्थानिय विभिन्न जातजातिका खानाका परिकार, चिया, दुधका परिकार कृषि उत्पादन कलात्मक सिपले बनाइएका बस्तु लगायतका स्टल रहेको आयोजक समितिले जानकारी दिएको छ । महोत्सवमा कलकारको सांगितिक प्रस्तुति रहने छ ।

TOP