जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै

रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ३ हाँसपोखरीमा रोङ पर्यटन तथा कृषि महोत्सव आजबाट शुरु हुदै छ । । पर्यटन प्रर्वद्धन तथा कृषि क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणका निम्ति महोत्सव बैशाख ५ गते सम्म संचालन हुने छ । महोत्सवमा कलाकार याम बराल, मेलिना राई, लगायतको प्रस्तुती रहनेछ भने अन्य कलाकारको कला प्रदर्शनी भिन्न जात जातिको झाँकी रहने आयोजक समितिका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो । उहाँले आयोजक समितिले गर्ने आवश्यक व्यवस्थापन ,सुरक्षा, अतिथि सत्कार लगायत सम्पुण तयारी पुरा भएको जानकारी दिनु भयो
महोत्सव संचालनका लागि आयोजकले २२ लाख २५ हजार खर्च हुने अनुमान गरेको छ । प्रसिद्ध धार्मिक तिर्थ स्थल पाथीभरा मन्दिर रहेको यस पलिकामा कृषिको प्रचुर सम्भावना भएकाले प्रोत्साहन गर्नका लागि महोत्सव रोङ गाउँपालिकाको सहयोगमा रोङ उद्योग बाणिज्य संघले आयोजना गरेको आयोजकले जनाएको छ । महोत्सवलाई १ लाख भन्दा बढी पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । महोत्सवको आकर्षणका रुपमा पाथिभारा मन्दिर दर्शन, कर्सोङ पदमार्ग अन्तरगत गुगल प्वइन्ट सम्मको पैदल यात्रा, विभिन्न खेल प्रतियोगिता, स्थानिय खानाका परिकार, कृषि उपज तथा कलात्मक सामग्री प्रदर्शनी लगातका स्टल राखेको प्रचार प्रसार संयोजक डाइमण्ड तिमल्सिनाले जानकारी दिनुभयो ।

TOP