खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै

रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ३ हाँसपोखरीमा रोङ पर्यटन तथा कृषि महोत्सव आजबाट शुरु हुदै छ । । पर्यटन प्रर्वद्धन तथा कृषि क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणका निम्ति महोत्सव बैशाख ५ गते सम्म संचालन हुने छ । महोत्सवमा कलाकार याम बराल, मेलिना राई, लगायतको प्रस्तुती रहनेछ भने अन्य कलाकारको कला प्रदर्शनी भिन्न जात जातिको झाँकी रहने आयोजक समितिका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो । उहाँले आयोजक समितिले गर्ने आवश्यक व्यवस्थापन ,सुरक्षा, अतिथि सत्कार लगायत सम्पुण तयारी पुरा भएको जानकारी दिनु भयो
महोत्सव संचालनका लागि आयोजकले २२ लाख २५ हजार खर्च हुने अनुमान गरेको छ । प्रसिद्ध धार्मिक तिर्थ स्थल पाथीभरा मन्दिर रहेको यस पलिकामा कृषिको प्रचुर सम्भावना भएकाले प्रोत्साहन गर्नका लागि महोत्सव रोङ गाउँपालिकाको सहयोगमा रोङ उद्योग बाणिज्य संघले आयोजना गरेको आयोजकले जनाएको छ । महोत्सवलाई १ लाख भन्दा बढी पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । महोत्सवको आकर्षणका रुपमा पाथिभारा मन्दिर दर्शन, कर्सोङ पदमार्ग अन्तरगत गुगल प्वइन्ट सम्मको पैदल यात्रा, विभिन्न खेल प्रतियोगिता, स्थानिय खानाका परिकार, कृषि उपज तथा कलात्मक सामग्री प्रदर्शनी लगातका स्टल राखेको प्रचार प्रसार संयोजक डाइमण्ड तिमल्सिनाले जानकारी दिनुभयो ।

TOP